बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रतिकुल मौसमले हेलिकप्टर नआएपछि अध्यक्ष रोकायालाई गाडि बाट काठमाडौ लगियो

प्रतिकुल मौसमले हेलिकप्टर नआएपछि अध्यक्ष रोकायालाई गाडि बाट काठमाडौ लगियो

  • शनिबार, बैशाख ४, २०७८
प्रतिकुल मौसमले हेलिकप्टर नआएपछि अध्यक्ष रोकायालाई गाडि बाट काठमाडौ लगियो

बाजुरा–गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायालाई मौसम खराब भएका कारणले हेलिकप्टर नआउने भएपछि गाडि बाट उनलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । रोकाया सँग चिकित्स सहित स्वास्थ्यकर्मी टोलि गएको छ ।
काठमाडौ लिनका लागि हेलिकप्टरको पहल भइरहेको थियो, मौसम खराब भएपछि बिहान मात्र आउने भनेपछि गाडि बाट धनगढी हुदै काठमाडौ लिएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बडिमालिका खबरलाई वताएका छन् ।
गाउँपालिका वडा नम्बर २ तल्दुुगन गाउँमा जनताका समस्या बुुझ्न पुुगेका रोकाया बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएको थियो ।
जिल्ला अस्पताल बाजुराका डा. शेर बहादुर साउदका अनुसार अध्यक्ष रोकायालाई छातिमा समस्या भएको थप उपचारका लागि काठमाडौ लिनुपर्ने भएकाले अस्पतालले रिफर गरेको वताए ।
अध्यक्ष रोकायालाई दुुईदिन देखी बिस्तारै छाति दुखिरहेको थियो, शनिवार खाना खाइसकेपछि उनलाई बढि भएपछि मल्दुुगन बाट बोकेर अस्पताल ल्याएको गाउँपालिकाले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुटुमा समस्या भएको छ, रक्तसञ्चारमा समस्या भइरहेको र मुटुमा समेत समस्या भएको वताएका छन् । अध्यक्ष रोकाया मधुमेह बाटपनि ग्रसित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार