शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गाउँपालिका अध्यक्ष हरि रोकायाकाे छातिमा समस्या, उपचारका लागि काठमाडौ लगिदै

गाउँपालिका अध्यक्ष हरि रोकायाकाे छातिमा समस्या, उपचारका लागि काठमाडौ लगिदै

  • शनिबार, बैशाख ४, २०७८
गाउँपालिका अध्यक्ष हरि रोकायाकाे छातिमा समस्या, उपचारका लागि काठमाडौ लगिदै

बाजुरा–बाजुराको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायालाई छातिमा समस्या भएको छ । गाउँपालिका वडा नम्बर २ तल्दुुगन गाउँमा जनताका समस्या बुुझ्न पुुगेका रोकाया बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएको छ ।
जिल्ला अस्पताल बाजुराका डा. शेर बहादुर साउदका अनुसार अध्यक्ष रोकायालाई मुटुमा समस्या भएको थप उपचारका लागि काठमाडौ लिनुपर्ने वताएका छन् । मुटुका नलिहरुमा रक्तसञ्चारमा समस्या आएर समस्या भएको साउदले वताएका छन् ।
काठमाडौ लिनका लागि हेलिकप्टरको पहल भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बडिमालिका खबरलाई वताएका छन् । गृहमन्त्रालयमा पत्रचार गरिसकेका छौ, नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा रहेको जानकारी छ, अध्यक्षलाई हेलिकप्टर बाट काठमाडौ लिन पहल भइरहेको भण्डारीले वताए ।
अध्यक्ष रोकायालाई दुुईदिन देखी बिस्तारै छाति दुखिरहेको थियो, शनिवार खाना खाइसकेपछि उनलाई बढि भएपछि मल्दुुगन बाट बोकेर अस्पताल ल्याएको गाउँपालिकाले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार हृदयघात भएको छ, रक्तसञ्चारमा समस्या भइरहेको र मुटुमा समेत समस्या भएको वताएका छन् । अध्यक्ष रोकाया मधुमेह बाटपनि ग्रसित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार