बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिकाकै कब्जामा

नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिकाकै कब्जामा

  • सोमवार, चैत्र ३०, २०७७
नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिकाकै कब्जामा

बाजुरा — बडीमालिका नगरपालिका स्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिका माविले हात पारेकाे छ । बाजुरा जिल्लामा अहिले सम्मका सबै शिल्डहरू निरन्तर कव्जा गर्दै अाएकाे मालिकाले यस वर्ष अायाेजना गरेकाे नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नो हातमा पार्न सफल भएको हाे ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयकाे तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदकाे संयाेजकत्वमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता चैत्र २७ गतेबाट संचालन गरिएको थियाे । मालिका माविले अाईतबार सम्पन्न भएकाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका १० वटा विद्यालयभन्दा फराकिलो अंकको जितसंगै उपाधि हात पारेको हाे ।

विद्यालयकै घरेलु मैदानमा चैत २७ गतेबाट सूरू भएकाे बडीमालिका नगरपालिका स्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्डमा पनि मालिकाले ३५ स्वर्ण, १७ रजत र १ कास्य पदकसहित प्रथम भएको हाे। शिल्डमा ४ वटा विधामा खेलाइएका खेलहरूमध्ये उत्कृष्ट नतिजा ल्याएर रनिङ शिल्ड कव्जा गरेकाे हाे । सरकारद्वारा नमूना विद्यालयको उपाधि पाएकाे मालिकाले यो वर्ष पनि आफ्नो अग्रता र जितलाई कायम गरेकाे विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । विद्यालयले गरेको ठुलाे मेहनत र लगानी अनुसार नै खेल क्षेत्रमा अपेक्षा अनुसारकै नजिता ल्याउन सफल भईरहेकाे प्राचार्य पाध्यायकाे भनाई छ ।

खेलमा क्रियटर जाेन एकेडेमी ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित दाेस्राे बनेकाे छ । त्यस्तै कन्वर्ष एकेडेमीले २ स्वर्ण, १ रजत र २ कास्य सहित तेस्राे बनेकाे छ । त्यस्तै १ स्वर्ण ३ रजत र ५ कास्यसहित ज्ञानाेदय मावि रजाताेली चाैथाे भएकाे छ । सबै खेलका विजेतालाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ । चैत २७ गतेबाट संचालन गरिएकाे रनिङ शिल्ड प्रतियोगितामा बडीमालिका नगरपालिका भित्रका १० वटा विद्यालय सहभागी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार