शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका पुर्ण खोपयुक्त घोषणा

बुढिगंगा नगरपालिका पुर्ण खोपयुक्त घोषणा

  • सोमवार, चैत्र ३०, २०७७
बुढिगंगा नगरपालिका पुर्ण खोपयुक्त घोषणा

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका बाजुराकै दोस्रो पालिकको रुपमा पुर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ ।नगरपालिकाका सबै बालबालिकाहरुले खोप लगाउन कोही पनी नछुटेको र नछुटाउने उदेश्यका साथ जिल्लाकै पहिलो नगरपालिका तथा स्थानीय तह अन्तरगत गौमुल पछि दोस्रो पालिकाको पुर्ण रुपमा खोप युक्त नगरपालिका घोषणा गरिएको बुढिगंगान नगरपालिका स्वास्थ्य सह संयोजक हस्त खडायतले बताएका छन ।

May be an image of 4 people, people standing and people sitting
बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि पुर्ब सांसद देबराज जोशी रहेका थिए । कार्यक्रमका बिशिष्ट अतिथि समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्त रहेका थिए । नगरपालिकाका कर्मचारी पुणर्चन्द जोशीले संचालन गरेको कार्यक्रममा नगरपालिकाका महिला स्वमसेविका, स्वास्थ्यकर्मि, राजनितीक दलका प्रतिनिधी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 1 person, standing and indoor
नगरपालिका हरुमध्ये पहिलो नगरपालिकाको रुपमा सो नगरपालिका पहिलो नगरपालिकाको रुपमा पुर्ण खोपयुक्त घोषणा गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । खोपको सुनिश्चीतता र दिगोपना भन्ने मुल नाराका साथ भब्य समारोह बिच कार्यक्रम सम्पन्न भएको नगरपालिका प्रमुख दिपक बिक्रम शाहले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार