सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा तीन सैनिक र २० लडाकू मारिए

अफगानिस्तानमा तीन सैनिक र २० लडाकू मारिए

  • शनिबार, चैत्र २८, २०७७
अफगानिस्तानमा तीन सैनिक र २० लडाकू मारिए

फैजावाद(सिन्ह्वा)– अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राति घटना भएको हो ।

“हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए,” एक सुरक्षा अधिकारीले भने । लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाइ छ ।

देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार