बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा घरेलु बन्दुकमा रोक लगाउने उद्देश्यले कार्यकारी आदेश जारी

अमेरिकामा घरेलु बन्दुकमा रोक लगाउने उद्देश्यले कार्यकारी आदेश जारी

  • शुक्रबार, चैत्र २७, २०७७
अमेरिकामा घरेलु बन्दुकमा रोक लगाउने उद्देश्यले कार्यकारी आदेश जारी

२७ चैत, काठमाडौं —अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडनले कार्यकारी आदेश जारी गरेको बीबीसीको समाचारमा उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन ।

स्थानीयस्तरमा उत्पादन हुने ‘घोस्ट गन’ दर्ता नहुने भएकाले पत्ता लगाउन कठिन हुने जानकारहरु बताउँछन् ।

अमेरिकी नागरिकले हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानले सुनिश्चित गरेको छ । बाइडनले जारी गरेको यस सम्बन्धी कार्यकारी आदेशलाई कतिपयले आफ्नो संवैधानिक अधिकार हनन भएको रूपमा हेरेका छन् ।

अमेरिकामा बन्दुकबाट हुने हिंसा टाउको दुखाइको विषय बनेको छ । एक कार्यक्रममा राष्ट्रपति बाइडनले अमेरिकामा बन्दुकबाट हरेक दिन १०६ जनाको मृत्यु हुने गरेको तथ्यांक सुनाएका थिए । गत बुधबारमात्रै साइथ क्यारोलाइनमा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी मार्च महिनामा भएको बन्दुक आक्रमणबाट १८ जनाको ज्यान गएको थियो ।

चर्चामा

सम्बन्धित समाचार