शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र : दुई मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र : दुई मन्त्रीले दिए राजीनामा

  • बुधबार, चैत्र २५, २०७७
गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र : दुई मन्त्रीले दिए राजीनामा
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान । गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा ।

पोखरा– गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएका छन् । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा बोल्दै माओवादी मन्त्रीले राजीनामा दिएका हुन् ।

गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् ।

हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिएका छन् । गण्डकी सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री रहेका थिए । माओवादी केन्द्रको संसदीय दलको बैठकले बुधबार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । २०७४ फागुन ४ देखि थापा र चुमा मन्त्री रहँदै आएका थिए ।

गण्डकी प्रदेशमा ६० सदस्य प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी २ सदस्य छन् । माओवादी र एमाले एकीकरण भएपछि मुख्यमन्त्री एमालेलाई र माओवादीलाई सभामुख, एमालेलाई उपसभामुख बाँडिएको थियो । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने फिर्ता लिइएको छैन । #साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार