शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने निर्णय

कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने निर्णय

  • आइतवार, चैत्र २२, २०७७
कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने निर्णय

सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले यसअघिनै ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।

चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो । चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेलाई प्राथमिकतामा राखिने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार