बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खेलकुद
  • अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक

अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक

  • आइतवार, चैत्र २२, २०७७
अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक

२२ चैत, काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् ।

चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् ।

उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ ।

नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार