शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनता को कुरा नसुन्ने सरकार भएपछि,

जनता को कुरा नसुन्ने सरकार भएपछि,

  • शुक्रबार, चैत्र २०, २०७७
जनता को कुरा नसुन्ने सरकार भएपछि,

जनता को कुरा नसुन्ने सरकार भएपछि,
पर निर्भरमा सदै देश नङ्गेझार भएपछि।

कसोगरी उभो लाग्छ हाम्रो देश सोचौँ त,
जनता देशका युवा शक्ति भार भएपछि।

भन्छन आफ्नो देशमा बस्न कस्ले रोक्यो,
को जान्थ्यो बिदेश बस्ने आधार भएपछि।

राजनीति देश र जनताकै हितमा नहुँनु त,
सदै सत्ता र भत्ताको मात्र बिचार भएपछि।

कसरी बिस्वाश गर्ने जनताले पार्टीहरु को,
हेर राष्ट्र घाति जनघाति ब्यबहार भएपछि।

भन्छन एकता हुँन सकिन वामपन्थि बिच,
किन हुँन्थ्यो स्वार्थमानै मारा-मार भएपछि।

चर्चामा

सम्बन्धित समाचार