शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा बालकेन्द्रित विपद जोखिम न्युनिकरण गर्ने अभियानमा बाल समुह

त्रिबेणी नगरपालिकामा बालकेन्द्रित विपद जोखिम न्युनिकरण गर्ने अभियानमा बाल समुह

  • शुक्रबार, चैत्र २०, २०७७
त्रिबेणी नगरपालिकामा बालकेन्द्रित विपद जोखिम न्युनिकरण गर्ने अभियानमा बाल समुह

बाजुरा — बालसमुह मार्फत बालकेन्द्रित विपद जोखिमको न्युनिकरण सम्बन्धी सचेतना प्रदान गरिदै छ । विभिन्न अध्ययन अनुसार ३० देखि ४० प्रतिशत बालबालिकाहरु विपदको जोखिममा पर्ने भएकाले नेपाल रेडक्रस सोसाइटी बाजुराको सहकार्यमा बालसमुह मार्फत बालबालिकालाई विपद जोखिम न्युनिकरण सम्बन्धी सचेतना फैलाइएको नेपाल रेडक्रस सोसाइटी बाजुराका परियोजना अधिकृत ईश्वरा सुवेदीले बताइन् ।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका २ सिम्लामा नेपाल रेडक्रस सोसाइटी बाजुरा र वडाको सहकार्यमा वडा स्तरिय कोपिला बालसमुह गठन गरिएको छ । रेडक्रस सोसाइटी बाजुराले बालसमुहका सदस्यहरुलाई विपद जोखिम न्युनिकरण सम्बन्धी तालिम प्रदान पनि गरेको र सो बालसमुहले वडा नं २ सिम्लामा रहेका बालकालिकाहरुलाई विपद जोखिम न्युनिकरण सम्बन्धी सचेतना फैलाउने गरेको वडास्तरिय बालसमुहका अध्यक्ष धर्मराज न्यौपानेले बताए ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी बाजुरा तथा त्रिवेणी नगरपालिका वडा नं २ सिम्लामा रहेको पार्वती माविको सहकार्यमा विद्यालयमा पनि बालसमुह गठन गरि विद्यालयमा पनि विपद जोखि न्युनिकरण सम्बन्धी जनचेतना फैलाउने गरेको विद्यालय स्तरिय बालसमुहका सदस्य दिपेश न्यौपानेले बताए । विद्यालयस्तरिय बालसमुह गठन गरी रेडक्रसको सहायतामा बालसमुहका सदस्यहरुलाई विपद जोखिम न्युनिकरण सम्बन्धी जनचेतना फैलाई बालसमुह मार्फत बालबालिकालाई विपद जोखिम न्युनिकरण सम्बन्धी जनचेतना फैलाइरहेको पार्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक नन्दलाल जैशीले बताए । उनले विद्यालयले पनि विपद जोखिम न्युनिकरणका सुचकहरुमध्ये विपद जोखिम व्यवस्थापन समिति गठन,अभिमुखिकरण,तालिम,विद्यार्थीक्लब गठन सहित सशक्तीकरण,सरल खोज तथा उद्दार, प्राथमिक उपचार,योजना निर्माण र विद्यालय सुधार योजनामा विपद जोखिम न्युनिकरणका क्रियाकलापहरु समावेश गर्ने क्रियाकलापहरु पुरा भैसकेको र बाँकी सुचकहरु पुरा गर्ने क्रममा रहेको पनि बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बाजुराले त्रिवेणी नगरपालिकाका समुदायमा तालिम प्राप्त सामुदायिक परिचालक परिचालन गरी बालबालिकादेखि वृद्धवृद्धासम्म विपद जोखिम न्युनिकरण तथा कोरोना भाइसरको जोखिम र बच्ने उपायबार जनचेतना फैलाउँदै आएको त्रिवेणी नगरपालिकाका सामुदायिक परिचालक टंक न्यौपानेले बताए । बालकेन्द्रित विपद जोखिम न्युनिकरणको सहजताका लागि बालसमुह नै परिचालन गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रमबहादुर शाहीले बताए ।
बुधबार त्रिवेणी नगरपालिका वडा नं २ मा रहेको पार्वती मावि र वडा स्तरीय बालसमुहले गरेको विपद जोखिम न्युनिकरणका सम्बन्धी कार्यहरुको जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, पत्रकार लगायतका सरोकारवाला निकायले अनुगमन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार