शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशन बाजुराका विद्यालयले मानेन्, पठनपाठन निरन्तर

शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशन बाजुराका विद्यालयले मानेन्, पठनपाठन निरन्तर

  • बुधबार, चैत्र १८, २०७७
शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशन बाजुराका विद्यालयले मानेन्, पठनपाठन निरन्तर

रामबहादुर बिक — बाजुराका विद्यालयहरुले शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशनको अवेज्ञा गरेका छन । नेपाल सरकार शिक्षा तथा प्रविधीमन्त्रालयले हिजो जारीगरेका निर्देसनको बाजुरा जिल्लाका विद्लयहरुले अटेरी गरी पठन पाठन गरिरहेका छन् ।
चैत्र १६ गते शिक्षा तथा प्रविधी मन्त्रालयले नेपाली बायुमण्डलमा देखिएको अस्वभावीक परिवर्तनले वालबालीकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेको भन्दै चार दिन सम्म बिद्यालय बन्द गर्ने निर्देशन गरिएको थियो । तर त्यो नियम बाजुराका विद्यालयमा लागु नभएको पाइएको छ ।
जिल्ला सदरमुकाम मार्तडी लगातका विद्यालउहरुले आज निरन्तर बिद्यालय संचालन गरेका छन । मार्तडीमा रहेको मालिका नमुना माध्यामिक विद्यालय र तिन ओटा निजी विद्यालय लगाएत आसपासका विद्यालयमा पठनपाठन सुरु भइरहेको छ ।
बाजुराका केही विद्यालयमा बालबालिकाहरु वेहोस र विरामी परेको समाचार आईरहेका बेला संघिय सरकारले दिएको निर्देशन पालना नगर्दा सम्भावीत दुर्घटना हुन सक्ने भएकाले बिद्यालयले यश तर्फ ध्यान दिनु पर्ने अभिभावकहरु को भानाई रहेको छ ।
चैत्र १६ गते शिक्षा मन्त्री कृष्णगाोल श्रेष्ठको अध्यक्षता मा मन्त्रालयका उच्च पदाधीकारीहरु सम्मेलित वैठकले बायुप्रदुषणमा अस्वभावीक पिरवर्तन र विज्ञहरुको सल्लाह अनुसार चैत्र २० गते सुक्रवार सम्म देश भरीका सामुदायीक र सस्थागत सम्पुर्ण बिध्यालय बन्द गर्ने निर्णय गरियको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जारी गर्नु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ

चर्चामा

सम्बन्धित समाचार