बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • धुरालसैन माबिका २ सय भन्दा बढि बिद्यार्थी बिरामी, स्वास्थ्यकर्मी पुुगेर चेकजाँच

धुरालसैन माबिका २ सय भन्दा बढि बिद्यार्थी बिरामी, स्वास्थ्यकर्मी पुुगेर चेकजाँच

  • सोमवार, चैत्र १६, २०७७
धुरालसैन माबिका २ सय भन्दा बढि बिद्यार्थी बिरामी, स्वास्थ्यकर्मी पुुगेर चेकजाँच

बाजुरा–बुढिगंगा नगरपालिकामा १ मा रहेको धुरालसैन माबिमा बिद्यार्थी बिरामी परेका छन् । पाँच दिन यता २ सय भन्दा बढि बिद्यार्थी बिरामी परेको बिद्यालयले जनाएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको बिद्यालयमा उपचार तथा चेकजाँचमा पुुगेकी अहेब तारा कुमारी खत्रिले वताएकि छन् ।
बिरामी भएपछि सरले धेरैलाई घर पठाइसकेको रहेछ, २० जना भन्दा बढि बिद्यार्थीलाई चेकजाँच र उपचार गरेको खत्रिले वताएकि छन् । शुरुमा कापेर ज्वरो आउने ज्वरो दुुईदिन सम्म लगातार ज्वरो आउने बिस्तारै कम भएर ठिक हुने गरेको वताईन् ।
चार दिन यता दैनिक १५ जना भन्दा बढि बिरामी हुने गरेको बिद्यालयका शिक्षक रमानन्द पाध्यायले वताएका छन् । सोमबार मात्र कक्षा-७ का एकै पटक १० जना विद्यार्थी विरामी परेका छन् । विद्यार्थी विरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएको उनले बताए । बिद्यालयले बिरामी परेका बिद्यार्थीलाई घर पठाउने गरेको जनाएको छ ।
विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाल स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।’ त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागि स्वास्थ्यकर्मीको टोली पठाएका छौं’ गाँउमा समेत रुघाखोकीका विरामी बढेको उनले बताए । बुढिगंगा स्वास्थ्य शाखामा कार्यरत हस्त खडायतले भने अहिले स्वास्थ्यकर्मी पठाएका छौ, भोली सम्म चिकित्सक सहितको टोली त्यहाँ पुुग्ने वताए । कुन राेगले बिरामी भएकाे त्याे भने जानकारी नभएकाे पाइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार