सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • समाचार
  • होलीमा ग्याङ फाइट: हराएका सबै युवा आए सम्पर्कमा

होलीमा ग्याङ फाइट: हराएका सबै युवा आए सम्पर्कमा

  • सोमवार, चैत्र १६, २०७७
होलीमा ग्याङ फाइट: हराएका सबै युवा आए सम्पर्कमा

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन्।

invotech

आइतबार बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला गाउँपालिका- ७ राजकुत र बडीगाड गाउँपालिका- १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो।

झगडामा परी निसीखोला-७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो। त्यस्तै १० जनाभन्दा बढी बेपत्ता भएका थिए।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दिउँसोको ग्याङ फाइटपछि सम्पर्कविहीन भएकाहरू राती अबेर सम्पर्कमा आइसकेको सेतोपाटीलाई जानकारी दिए।

mrसम्पर्कमा आएका ६-७ जना सामान्य घाइते रहेको पौडेलले बताए।

दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा नलिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताए।

घटनाका प्रत्यक्षदर्शीसँग बुझ्दा होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको देखिएको हवारीले बताए।

ncell in

‘प्रारम्भिक अनुसन्धानमा हेर्दा पूर्वनिर्धारित कुनै योजना नभई एउटा समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको देखिन्छ,’ हवारीले भने।

निसीखोला गाउँपालिकाका अध्यक्ष पौडेलले पनि राजकुतका २०/२२ जना युवा दिउँसो होली खेल्दै बल्देधुरी गएको र रङ लगाउने क्रममा विवाद भएर घटना भएको बताए।

बडीगाड-१० दर्लिङका युवाहरू होली मनाउने र बनभोज पनि खाने गरी जम्मा भएका बेला अर्को क्षेत्रबाट गएका युवाहरूले महिलालाई रङ लगाउन खोज्दा घटना भएको उनले बताए।

अहिले प्रहरीले घटनामा संलग्न दुबै वडाका युवासँग सोधपुछ गरिरहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार