बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दलित आन्दोलन किन कम्जोर हुन्छ?

दलित आन्दोलन किन कम्जोर हुन्छ?

  • सोमवार, चैत्र १६, २०७७
दलित आन्दोलन किन कम्जोर हुन्छ?

नेपालको ईतिहाशमा बिस.२००४देखि दलितहरुले संगठित आन्दोलन गर्दै आएकाछन।तर पनि यतिलामो सात दशक भन्दा लामु ईतिहाश बोकेको दलित शंघर्षले गुणत्मक फट्को मार्न नसक्नु भनेको अत्यान्तै दुःखलाग्दो बिषय पनि हो।
आखिर किन दलितहरुले समाजमा ससम्मान हासिल गर्न सकेनन्?यो बिषय प्रमुख हो।हुँन त हाम्रो देशमा मात्रै नभयर संसार भरी का गरिबहरु सबै उत्पिडित छन उनिहरुको एउटा गरिब दलित परिवार र बाहुन गरिब परिवारमा खासै फरक नहोला तर जातिय आधारमा छुवा छुतको बिषयलाई लिनेहो भने दलित परिवार अहिले पनि बढी सामाजिक दमनमा परेको देखिन्छ।संसार भरीका शोषित पिडितहरुले आफ्नो हक हितको लागि आफै शंघर्षको पिढा उठाउँदै आएका पनिछन।
नेपालको सन्द्रर्भमा दलितको अपमान र हदै तल खसाल्ने गरी जयस्थिति मल्लको पाला देखि भएको देखिन्छ।उनि मनुवादी संकारका समर्थक थिए उनैले मनुको संकृतलाई नेपाली समाजमा लागु गर्नमा जोड लगाएकाछन।
आखिर को थिए जयस्थिति मल्ल?उनि कुनै नेपाली राजाका उत्तराधिकारी होईनन् तर आफ्नो चत्तुराईबाट उनि राजा हुँन सफल भए।राजा राजदेबको पाला देखिनै नेपालमा द्वैध शासन चलेको थियो।त्यस्तैमा नायक देवीले नायव भई शासन चलाउँन थालिन।जयस्थिति मल्ल तिनै नायव देवीकी छोरी राजल्ल देवीका पति थिए।यिनले तत्कालिन राजा अर्जुन देबलाई कैद गरी आफै राजा भएका हुँन। उनि अशोक मल्लका छोरा थिए।यसरी अवैध तरिकाले राजगद्दी हड्प्पेर भयपनि जयस्थिति मल्ल नेपाली ईतिहाशका एउटा प्रमुख सुधारक राजाको रुपमा चिन्निन्छन।विस.१४३८देखि १४५२सम्म करिब १४बर्षको शासन कालमा जयस्थिति मल्लले कृतिनाथ उपाध्याय,कान्याकुञ्ज,रघुनाथ झा,रामनाथ झा,श्रीनाथ भट्ट आदी जस्ता तत्कालिन विद्वानहरुको सहयोग बाट निम्मन कथित सुधार गरेका थिए।
(१)जात अनुसार मानिसहरुको बनाउँने घरको ढाँचा तोके/तल्लो जातका मानिशहरुले झिगंटीले छाएको ईटाको गरो लगाएर घर बनाउँन नपाउँने गराए।

(२)जग्गाको गुणका आधारमा जग्गालाई अब्बल,दोयम,सीम,चाहार गरी

४भागमा बाँटे।

(३)जाती पातीको बिभाजन अब्याबस्थित भएको भन्दै जातीय बिभाजन निश्चित गरी प्रतेक जातले गर्ने कामको बारेमा निश्चित नियम बनाए।जस्तै जुता बनाउँने चमार,भाडा बनाउँने विस्वक्रमा,लुगा सिलाउँने परियार,आदी जातिय आधारमा कामको बिभाजन गराए।
(४)न्याय ब्यबस्थामा सुधार ल्याउँन कानून आयोग गठन गरी न्याय शास्त्रको पुस्तक तैयार गर्न लगाएका थिए।
(५)दण्ड ब्यबस्थामा सुधार गरी शाररीक दण्डको सट्टा आर्थिक दण्डको समेत ब्यबस्था गरे।
(६)पसुपती आर्याघाटमा लवकुश सहितको राम मन्दिरको स्थापना,ललित पतनको कुम्भेस्वर मन्दिर निर्माण,गोरखनाथ र गोकर्णे स्वरको पुजाको चलन चलाउँने जस्ता धार्मिक काम गरेका थिए।
(७)यिनले “रामाङ्क” र “भैरोवानन्द”नाटक लेखाई मञ्चन समेत गरेका थिए।

जयस्थिति मल्ल त्यो बेलाका प्रभावशाली राजा मध्याका हुँन।हाम्रो समाजमा कथित सानो जात शुद्र जात भन्दै दलितहरुमा पनि उपजातहरुको खाका कोरेर उनिहरुको बिचमा फुट पार्ने काम भएकोले पनि देशमा भएका करीब१३%दलितहरुलाई अहिलेपनि जातिए बिभेदको सामना गर्नु परिरहेकोछ। हिन्दुवादीहरुले बढी जातिए छुवाछुतमा बिस्वास गर्ने परमपरा भएकोले खास गरेर भारत र नेपालमा बढी छुवाछुत को प्रचलनछ।हुँन त दक्षिण अफ्रिकामा काला र गोराको बिच लामु समय सम्म संघर्श चल्यो।नैश्नल मण्डेला ले लामुसमय सम्म जेलमा जिवन बिताएका हुँन रंग भेदका बिरुद्धमा।

संसारका बिभिन्न देशहरुमा जातिय द्वौन्द को लामु ईतिहाश त छँदैछ।तर हाम्रो जस्तो गरिब देशमा सबै जात जाति भाषा भाषीहरु मिलेर आफ्नो देश जोगाउँदै आएको ईतिहाश हुँदा हुँदैपनि दलित जातिलाई यही समाजले यसरी मानवता बाट खसाल्ने जुन परमपरा छ यस्को अन्त्य गर्नु अति आबस्याकछ।तर के यो दलितहरुको मात्रै जिम्मेवारी हो?निच्चित रुपमा होईन हामि सबै को उत्तिकै जिम्मेवारी बन्छ।देशको श्रमजीवी बर्ग जस्ले जुत्ता बनाउँछन,लुगा सिलाउँछन,भाण्डा हरु बनाउँछन कृषीका औजारहरु निर्माण गरेर किसानको मद्दत गर्छन।त्यो महान श्रमजीवी दलित लाई सामाजले सम्मान गर्नुको सट्टा अपमान गर्दै आएकाछन।त्यो स्वाम दलित हरुको आपसमा भयको असंगठित वा उपजातिय आधारमा गरिने आपसी भेधभावले गर्दा यति लामु समय सम्म पनि दलित आन्दोलनले निकाश पाउँन सकि राखेकोछैन।समाजलाई सचेत गरेर मात्र समाजबाट यो जातिय बिभेदको अनत्य गर्न सकिन्छ।तर केही बर्ष देखि कथित अधिकारको नाउँमा कयौँ राजनीतिक पार्टीहरुले आ-आफ्नो झोले बनाएर सत्तामा आफुजानलाई प्रयोग गर्दै आपसमा लडाउँदै आएको ईतिहाश पनि ज्युँदैछ।जब सम्म हामिले अवसरबादी राजनीतिको भण्डा फोर्ड गर्दै वास्तबिक दलित हक अधिकारको लागि सामाजिक लडाई लड्दैनौँ दलितहरुको असमानता यस्तै रहिरहनेछ।समाजलाई चेतनशिल बनाएर मात्र हामिले दलितलाई अधिकार दिलाउँन सक्छौँ।तर यस्का लागि स्वायम दलितमा रहेका कयौँ कम्जोरीहरु लाई हटाउँन स्वायम दलितहरु आफै सँग लड्नु पर्नेछ।

सबै भन्दा ठुलो रोग दलितहरुको बिचमा नै घरगरेर बसेकोछ भन्ने मलाई लाग्छ।त्यो हो उनिहरुकै बिचमा उपजातिय शंघर्श,छाडा पन,मदिराहरुको प्रयोग आदी यित्यादी कारणले पनि उनिहरु पिछडिदै आएका छन।कुनै पनि समाजमा डर”खौफ”ले होईन उनिहरुको बिचमा वास्तबिक चेतना जगाएर मात्र समाजलाई बदल्न सकिन्छ।जनजनमा मानव अधिकारका लागि मैत्रि पुर्ण कार्याक्रमहरुको निरन्तर आयोजना गरेर रुढीवादी समाज भित्रका कुरितिहरुलाई पखाल्न सक्नु पर्छ र मात्र असमानताको जञ्जीर चुँडाल्न सकिन्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार