बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • नगरप्रमुख बडुवाल भन्छन्, अर्को उपसचिब नआउदा सम्म रमना नदिने

नगरप्रमुख बडुवाल भन्छन्, अर्को उपसचिब नआउदा सम्म रमना नदिने

  • मङ्लबार, चैत्र १०, २०७७
नगरप्रमुख बडुवाल भन्छन्, अर्को उपसचिब नआउदा सम्म रमना नदिने

बाजुरा–बडिमालिका नगरपालिकामा आएका प्रमुख प्रशासकिय अधिकृत धुर्ब प्रसाद कोइरालाको बाजुरा नपुुग्दै त्रिबेणी नगरपालिका सरुवा भएको पत्र आएको थियो । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले भने राजनितिक प्रतिसोधले उपसचिब धुुर्ब प्रसाद कोइरालाको सरुवा भएको वताए ।
बडुवालले बडिमालिका खबर सँग भने मैले मन्त्रालयमा मन्त्रि र सबिचलाई भेटेर प्रशासकिय अधिकृत ल्याएको हुँ, बिगत देखी यो नगरपालिकामा उपसचिब तहको कर्मचारी आउन नदिने तत्वले सरुवा गरेको वताए । उनले भने नगरपालिकामा अर्को उपसचिब पठाए मात्र कोइरालालाई रमना दिने वताएका छन् ।
बडुवालले थपे आफुलाई असफल पार्नका लागि यो खेल हो, राम्रो काम भएको देख्न नचाहाने एक समुहले सबै गरिरहेको वताए । बिगत देखी आफुलाइ असफल पार्न खोजिरहेका छन्, तर त्यो धेरै दिन टिक्दैन उनले थपे ।
नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत धुर्ब प्रसाद कोइराला हाजिर लगाएर कोष लेखा नियन्त्रण कार्यलयमा समेत खाता सञ्चालनमा ल्याइसकेको छ । निमित्त कोष लेखा नियन्त्रक धन बहादुर थापाले भने सरुवा भएको २१ दिन सम्म बस्न पाउने अधिकार हुन्छ, त्यो समय सम्म आर्थिक कारोवार गर्न पाईने भएकाले खाता सञ्चालनमा ल्याएको वताए । उनले थपे सरुवा भइसकेपछि नैतिकताले जानुपर्ने त हो, २१ दिन पछि सरुवा भएपछि जानैपर्ने हुन्छ थापाले वताए ।
सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाको हस्ताक्षेरीत पत्रमा २०७७ चैत्र ८ गतेको निणर्य अनुसार कोइरालालाई बाजुराको त्रिबेणी नगरपालिकामा खटाएको ब्यहोरा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार