शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • टोलमा पुुगेर सेनिटरि प्याड तथा स्वच्छता सामाग्रि बितरण गर्दै नगरप्रमुख शाह

टोलमा पुुगेर सेनिटरि प्याड तथा स्वच्छता सामाग्रि बितरण गर्दै नगरप्रमुख शाह

  • शुक्रबार, चैत्र ६, २०७७
टोलमा पुुगेर सेनिटरि प्याड तथा स्वच्छता सामाग्रि बितरण गर्दै नगरप्रमुख शाह
बाजुरा —  बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह नगरपालिकाको टोल टोलमा पुुगेर सेनिटरि प्याड तथा स्वच्छता सामाग्रि बितरण गरिरहेका छन् । नगरपालिका तथा बिभिन्न गैर सरकारी संस्थाको सहकार्यमा टोलमै पुुगेर बितरण गरिरहेका छन् । बुढिगंगा नगरपालिका १ का २ सय २९ दलित घर परिवारका महिलाहरुलाई सेनिटरी प्याड र स्वच्छता सामाग्रि बितरण गरेको छ ।
साथै नगरपालिकाका २७ जना स्वास्थ्य स्वयम् सेविका तथा उक्त वडा नम्बर १ का अन्य ९४ गरि ३ सय ५० घर परिवारका महिलाहरुलाई सामाग्रि हस्तान्तरण गरेको नगरप्रमुख शाहले वताएका छन् । महिनावारी स्वच्छता सामाग्री साबुन, सेम्प्यु, कोलगेट, नङ कटर, इनर गारमेन्ट र सल बितरण गरेको बुढिगंगा नगरपालिका रोजगार संयोजक प्रदिप साउदले वताएका छन् ।
सरकारले बिद्यालयलाई छात्राहरुलाई अनिवार्य सेनिटरि प्याडको ब्यबस्थापन गरेको छ । तर बुुढिगंगा नगरपालिकाले भने पछाडि परेका बर्ग आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई सेनिटरी प्याड सँगै स्वच्छता सामाग्रि हस्तान्तरण गरिरहेको छ । नगरपालिकाले अन्य समुुदायमा यसरि निरन्तर रुपमा बितरण गर्ने वताएको छ । बिपन्न तथा पछाडि परेका बर्गलाई यसरि सहयोग गर्दा यसबाट शैक्षिक क्षेत्रमा निम्न बर्गका बिद्यार्थीहरु र समाजमा रहेका निम्न वर्गका महिला दिदी बहिनीहरुले ठुलो सहयोग भएको नगरउपप्रमुख तारा थापाले वताएकि छन् ।
स्थानिय जौमति बिकले भनिन्, महिनावारी भएको बेला सेनिटरी प्याडको प्रयोग गर्नुपर्छ भनेको थियो, तर अहिले सम्म किन्न र पहुुँचमा थिएन्, पहिलो पटक पाँउदा खुशि भएको वताईन् । सोही गाँउका २ सय २९ परिवारका दलित महिलाले सेनिटर प्याड तथा स्वच्छता सामाग्रि पाएको उनले वताईन् ।
नगरपालिकामा महिनावारी स्वच्छता सामाग्रि सहयोग मानवीय सेवामा अनेकौ प्रयास नामक गैर सरकारी संस्था लगायत अन्य गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ । नगरपालिका भरिका बिद्यालयमा सेनिटरी प्याड निशुुल्क बितरण गरिरहेको छ । यसले गर्दा महिनावारी भएको बेला बिद्यालय नआउने समस्या हटदै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार