शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बेड रेष्टकाे समय सदुपयाेग

बेड रेष्टकाे समय सदुपयाेग

  • बिहिबार, चैत्र ५, २०७७
बेड रेष्टकाे समय सदुपयाेग

उरै छन् उरैका डाँडा उरै लेख चर्नु छ ।
कां जानु छ , के गर्नु छ कै ठउर मर्नु छ।।
मार्तडी हाेई पिलु जांउँला डुंगामी चढाैंला ।
धुलाचाैर रूगिन हुदै कवाडी झराैला ।।
कवाडी धेई गाडी चढी जिमाना जियाउला ।
रात भरि सल्याणी हिडि मैतार्ना वियाउँला ।।
नेटाकाे उकालाे काटी विच्छ्यामा झराैंला ।
विच्छ्या हाेई च्यानास्ता गरी माझघट्ट तराैंला।।
खाेलीकाे अप्ठेराे वाटाे कसरी हँट्दा हुन्।
हिउँद खाेला वर्खा भीण्भै बामु गाउँ पुग्दाहुन् ।
देउसैन उकालाे बाटाे कसरी जाँदा छन् ?।
डेड घण्टा अाेरालाे झणी गैं पिसि खाँदा छन् ।।
लेख भेणा अाैल बाख्रा नहुन्या त गाउँ नाई ।
माझचाैण एकै छ घट्ट अन्त पिस्न्या ठाउँ नाई ।।
बामुका रमाईला गाउँव काठमाडौं हाेई कम नाई ।
बाम्माथि पेठ्याका तिन घर, माथि बस्न्या दम नाई। ।
रन्बन चिच्याहट हुंदाे अावज झाेलारले ।
रात दिनै उज्यालाे लाग्दाेल,बामु साेलारले ।।
तल स्कुल माथि मन्दिर बाम् पाटन् रानी हाे।
भेडाबाख्रा जडीबुटी बिछ्याँ त खानी हाे ।।
गाउँकाे विकास पेठ्या पुग्याे घट्ट धुरी ध्वजा।
स्याउखेती ,अाेखणका वाणी पेठ्या हेर्न काेझा ? ।।
जाेगवादुर जाेगवादुर भन्दा विय सैल्याएका ।
मामा भान्ज मिलिकन बिकास पैल्याएका ।।
छाउपणी छाउपणी भन्दा हात हात झाेला ।
अभियान नचल्दा सम्म बस्छिन पारि खाेला ।।
अछाम्की पानकला अाईगैंई पुनिका नियले ।
ललिजंग, दलवादुर लड्क्या खेल्नका वियले ।।
स्याउली बाटाे थरकदाे पेठ्झर्ना जान्तक ।
चिउणी समाई रून लाग्या घर फर्कि अाउन्तक ।।
विकासवादी गाेविन्दले हिमाल सुधार्या छाै ।
कृषीपानी , स्वास्थ्य ,स्कुल,बाटाे उगाण्या छाै। ।
बार सय काँग्रेसका पान्सय दलका ।
बाम छाेडी अाउने वेला सुरलालकै झलका ।।
हात डाईरी मुख कुणा फर्क्यैां खाेलै खाेला ।
घट्टेवगर काट्ने वेला नविर्सनु हाेला ।।
खाेलि ढुंगाे अग्लाे थियाे वाँई माथिकाे बाटाे ।
फाेटाे खिच्न तम्सिया थें उणीगयाे साताे ।।
बाटामी साथ संगी भया प्रहरीका साथ ।
प्ररीलै बाेकि ल्याया बिछ्याँ काट्याैं रात।।
साथी संगी साथै भया फेज सिस्टर अाईगैंई छन् ।
घाईते दाईलाई देखिकन सात टांका लाईगैछन् ।।
नेटाका राेकाया दाईले घाेणाे घम्स्याया छन्।
बामका मनकारी भाईले टेचर तम्स्याछन्।।
टेचर छाेडी घाेडा चडी जिमान् पुर्यायछन् ।
गाेविन्द् दाईले गाडी पठाई काेल्टी सुर्याया छन् ।
ईष्टमित्र दाजी भाईले बेडभर्ना गराया ।
थप सुधार गराउँला भनि नेपलगंज सराया।
हल्लाखल्ला धेरै भयाे अाफन्त डराया ।।।
नेपालगन्ज मेडिकल कलेज काेहलपुर पुर्याया ।
साथीभाईकाे सहयाेगले ज्यान छिट्टै सुर्याया ।।
एक खुट्टाे अप्रेसन भयाे अर्काे रयाे बांकी ।
ताँई बाट काठमाणु पुग्याँ झल्काे रैगाे ताँकी ।
वारि गाउँ छन् पारि गाउँछन् विच पण्या खाेला ।
अाउँदा जांदा ख्याल गराैंला , नविर्सनु हाेला ।।
मेराे प्राण वचाउन सहयाेग गर्ने सबै मित्रलाई नमन धन्यवाद ! जय लवासुर ! जय साथीसंगी!

चर्चामा

सम्बन्धित समाचार