शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हाम्रो देशमा सदै यस्तो किन हुन्छ?

हाम्रो देशमा सदै यस्तो किन हुन्छ?

  • मङ्लबार, चैत्र ३, २०७७
हाम्रो देशमा सदै यस्तो किन हुन्छ?
                      सुरेशकुमार पान्डे

यो संसारमा दुई सए भन्दा बढी लग-भग सुचि कृत भयका र नभयका गिन्ति गर्नेहो भने दुई सए तिस जति देश हुन्छन।साना ठुला देशहरुको आ-आफ्नो बेग्लै पहिचानछ,बिधान छ।त्यस्तै प्रकारले हाम्रो देशको पनि अहिले ईतिहाशको पहिलो जनताले बनाएको सम्बिधानछ।यो छुट्टै कुराहो सम्बिधानले सबै खाले जनताको हितको प्रतिनिधित्व गर्न सकिन तर पनि जनताले जो जस्ता प्रतिनिधि छाने उनिहरुले उस्तै प्रकारको संबिधान निर्माण गरे।लामू समयमा आएको सम्बिधानलाई अध्यायन र सँस्थागत मनन गर्न समय लाग्न सक्छ।जन-जनमा पुराएर जनताको अहितका बिषयहरुलाई आबस्याकता अनुसार पछि थप घट हुनेकुरापनि अस्वभाबिक होईन।
हाम्रो देशले जब आफ्नो देशको सम्बिधान निर्माण गय्रो तब बिदेशीको बेस्सरी टाउको किन दुख्यो?यो प्रमुख सवाल हो।हामिले ईतिहाशमा अहिले सम्मनी कसैको एक ईञ्च जमिन खोसेका छैनौ,कसैको भाषा साँस्कृति भेश-भुशा आदी कुनैमा पनि अतिक्रमण गरेका छैनौँ।कुनै आर्को देशको नागरिको हत्या गरेका छैनौ कुनै देशको स्वाभिमा र चरित्रको हात्या गरेका छैनौ।कसैको पनि देशको सार्वभौमिकता अखण्डतामा आँच पुराउँने खालको ब्यबहार गरेका छैनौँ।बरु अरुको देशको रक्षा गर्दा हाम्रा होनहार युवाहरुले आफ्नो प्राणको आहुती दिएको ईतिहाश छ।यद्मापी हामिले कोसीस गरेको भए। सिक्किमलाई हामिले त्यो बेला कब्जा गर्न सक्थौँ,किन भने त्यो बेला सिक्किममा नेपाली मूलका मानिसहरुको बहुल्यता थियो।तर पनि हामिले त्यो गलत नियति अप्नाएनौँ।भारतले त्यँहाको राजा च्वगेल लाई सहयोगको नाउमा कयौँ असमान सन्धि सम्झौता गराएर पेण्डुलुम नाम मात्रैको राजा बनाउँन सफल भयो।त्यो भुमिका लेण्डुब दोर्जेले निर्भागरे।पछि संबिधान सभाकै बहुमतले सिक्किमभारता बिलय भयो।त्यो बेला मात्र एकजनाले त्यसको बिरोध गरेको ईतिहाश भेटिन्छ।तरपनि हामिले त्यसो गर्ने हिम्मत गरेनौँ।
भुटानमा र तिब्बतमा पनि हाम्रो राम्रो सम्बन्ध थियो हामिले कुनियतले उनिहरुको स्वभिमानलाई हेरेनौँ।तरपनि सदियौँ देखुन हाम्रो देश छिमेकीको निशाना बन्दै आएको सत्यहो।आखिर किन?हाम्रै देशलाई कुनियतले नियालि राखेका हुन्छन।हाम्रो देश संसारको स्वर्गहो यँहाको बनावट हावा पानी बन जङ्गल जडि बुटी जँहा कहि पाईदैन।नजिक हिमालको चिसो बतास कयौँ ठाउमा बतास चौबिसै घन्टा बाह्रैमास चलेको पाईन्छ।जसबाट कयौँ कल कारखानाहरु चल्न सक्छन।पानीको दुस्रो धनी देश हो।यँहा बिभिन्न जरिबुटी कच्चा पदार्थ,कयौँ खानिहरु छन।समग्रहमा भन्नेहो भने प्राकृतिक श्रोत र साधनले भरिएको हाम्रो देशलाई हत्थाउन साम्राज्यावादी शक्ति लागि परेकोछ।
देशलाई तत्कालिन राजा बिरेन्द्रले शान्ति क्षेत्र घोषित गर्दा छिमेकीले शहि गर्न मानेन।तर विस्वमा एक मात्र हिन्दु राष्ट्र भन्दै प्रचार गरायो।यद्मापी हाम्रो देशमा सयौँ जात जाति र बहुधार्मिक समाजको बसोबाश छ।अहिले साडे छ दशक देखि जनताले माग गरेर शंघर्ष गर्दै आएको सम्बिधान सभाले देशलाई धर्म निरपक्षियता मा लग्दा ठ्याक्कै संघियता जस्तो बिमारी लाई देशभित्र हुल्यो। तरपनि भारतले सम्बिधानलाई मान्यतानै दिएन।उस्ले भनेको नभए पछि सम्बिधानलाई मान्ने हिम्मत गरेन।उस्ले तराईमा बसोबास गरेका भारतिय मूलका जमिदारहरु लाई उक्साएर एक मधेश एक प्रदेशको माग अगाडि साय्रो ताकि देशलाई सजिलरी टुक्रा पार्न सकियोश।संघियता पनि त्यहि नियति बाट आएको हो भन्ने कुराअहिलेको ब्यबहारले पनि पुष्टी गरेकोछ।
देशमा जतिबेला छिमेकीले गरेको अतिक्रमणको बिरोध गरिन थाल्छ त्यसबेला देखि सरकारमा बसेकाहरुको खुट्टा तान्ने प्रबृति सुरु हुन्छ।पहिले टनकपुरको बिषय पनि त्यही थियो।अहिले कालापानीको मुद्धा उठेपछिको अबस्था पनि उस्तैछ।अहिलेको बढी खतरनाक भयकोछ अहिले संसदमा दुई तिहाईको सरकार थियो जस्लाई टुक्रा पार्न उनिहरु सफल भयकाछन।यसबाट यसपालीको देशलाई नोक्सान पुराउँने हथियार बढि धारिलो छ भन्नेकुरा बुझ्न गारो पर्दैन।
हामिले ‘रअ’खै भन्दै एकले आर्कालाई तँ त र मँ म गर्नमा ब्यबस्थ हुन्छौँ तर ‘रअ’ले आफ्नो चाल चलि रहेको हुन्छ।अहिलेको बलियो सरकार जो झण्डै दुई तिहाई थियो उस्लाई एउटै झट्कामा टुक्राउँन सफल भयो तर पनि हामिले बुझ्न सकि राखेका छैनौँ।
आपसमा लडेर सरकारको लागि ति रअ’का एजेन्टहरु लाई खोजेका छौँ जस्ले आउँने दिनमा छिमेकिको कटपुत्लि बनेर काम गर्न सकुन!अँझै पनि केही बिग्रेको छैन समयमै आ-आफ्नो विबेक लाई इस्तिमाल गरौँ र कम्युनिष्ट भनौदाहरु बलिको बोका न बनौँ।देशभक्तको एउटा बलियो सरकार बनाउँ र संघियतालाई समयमै खारेज गरौँ।हाम्रो देशलाई संघियतामा नलगेको भए यतिबेला सम्म देशले निकाश पाउँने थियो र देशभित्र बिकाशको बाताबर्ण बन्थ्यो।अँझैपनि देशका ठुला राजनीतिक पार्टी एमाले माओवादी लगायतका पार्टीहरु मिलेर अगाडि बढ्नु पर्ने अहिलेको आबस्याकता हो।
तर त्यसो गर्न उ मात्र तैयार हुन सक्नेछ जस्लाई देशको चिन्ताछ।जनताको हितको रक्षा गर्ने आँटछ उनिहरुले एकमना एकता गरेर जान सक्छन।तर त्यो जान सक्दैन जो नितान्तःब्याक्तिगत र गुट गत स्वार्थमा रोमलिएको पद लोलुप्ता र बिदेशको ऐजेन्ट वा उस्को दलालि गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेकोछ त्यो अहिले यस्तो अबस्थामा पनि आफ्नै गोरुको बाह्र टका भन्नेछ।

चर्चामा

सम्बन्धित समाचार