बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्र बाजुराका प्रभाबशालि नेता नेकपा एमालेमा

माओवादी केन्द्र बाजुराका प्रभाबशालि नेता नेकपा एमालेमा

  • शनिबार, फाल्गुन २९, २०७७
माओवादी केन्द्र बाजुराका प्रभाबशालि नेता नेकपा एमालेमा

बाजुरा–नेकपा माओवादी केन्द्र बाजुराका प्रभाबशालि नेता नेकपमा एमालेमा रहने भएका छन् । नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढा सहित ६ जना माओवादी केन्द्रका प्रभाबशालि नेता नेकपा एमालेमा रहने भएका छन् ।
जिल्ला तहमा प्रभाब राख्ने माओवादी केन्द्रका संयोजक भरत बुुढा, पोलिट ब्युरो सहदेब बोगटी र मिलन खत्रिले नेकपा एमालेमा रहने वताएका छन् । त्यस्तै केन्द्रिय आयोजक कमिटि सदस्य अर्जुन रोकाया, कालि धराला र शुरेश रोकाया नेकपा एमाले रहेको वताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यक्रता जनता माथि कुुठाराखात गरेको भन्दै आफुहरु नेकपा एमाले रहेको वताएका छन् ।
भरत बुुढा माओवादी केन्द्रका संयोजक सँगै २०७४ सालमा चुुनावमा सामानुुपातिक संघिय सांसदमा लडेका थिए । बुढाको माओवादी केन्द्रमा र त्रिवेणी नगरपालिकामा राम्रो प्रभाब रहेको पाईन्छ । त्यस्तै सहदेब बोगटि माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य हुुन् । २०७० सालमा संबिधान सभाको सदस्यमा लडेका थिए । ५ हजार ६ सय मत ल्याएका थिए । बोगटि २०७४ सालको चुनावमा प्रदेश सभा क प्रदेश बाट सामानुुपातिक उम्मेद्धवार रहेका थिए ।
त्यस्तै मिलन खत्रि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुुन् । अर्जुुन रोकाया, कालि बहादुर धराला, शुेरस रोकाया केन्द्रिय आयोजक कमिटि सदस्य हुुन् । बाजुरामा माओवादी केन्द्रमा राम्रो प्रभाब राख्ने नेताहरु नेकपा एमालेमा रहेपछि माओवादी केन्द्रको राजनितिमा तरङ्ग उत्पन्न भएको छ । नेता सहदेब बोगटिले भने प्रचण्डको स्थिर राजनितिक नहुुने आफु स्वास्थ्य आफु केन्द्रित राजनितिक गर्ने भएकाले नेकपा एमालेमा रहेको वताए ।
नेकपा दुुइगुुटमा परिणत हुुँदा उनिहरु केपी ओलीको पक्षमा उभिएका थिए । नेकपा एमाले बाजुराका अध्यक्ष कालि बहादुर शाहिले भने माओवादी केन्द्रका जिल्ला स्तरका अन्य नेता पनि नेकपा एमालेमा रहेको वताए । उनिहरुको पाटिमा सम्मान जनक ब्यबस्थापन हुुने वताए ।

चर्चामा

सम्बन्धित समाचार