शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा सचिब रेग्मि र सहसचिब रावलको पद के सुरक्षित होला र ?

नेकपा एमाले बाजुरा सचिब रेग्मि र सहसचिब रावलको पद के सुरक्षित होला र ?

  • शनिबार, फाल्गुन २९, २०७७
नेकपा एमाले बाजुरा सचिब रेग्मि र सहसचिब रावलको पद के सुरक्षित होला र ?

बाजुरा–शुक्रवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको पछि बाजुरामा पनि राजनितिक तरङ्ग बढेको छ । अझ नेकपा एमाले सुदूरपश्चिम इन्चार्जमा भिम रावललाई हटाएर लेखराज भट्ट तोकिएको छ ।
यसको प्रभाब बाजुरा नेकपा एमाले जिल्ला कमिटि बाजुरामा पनि परेको छ । भिम रावलको पक्षमा सशक्क्त रुपमा लागेका नेकपा एमाले बाजुराका सचिब बल्देब रेग्मि र सहसचिब गगन रावलको पद पनि अब के हुुन्छ भन्ने चासोको बिषय बनेको छ । नेकपा एमाले जिल्ला कमिटिमा भिम रावल पक्षधर निकै अल्पमतमा रहेको छ ।
जसरी नेकपा एमाले पाटि अध्यक्षले गरेको निणर्य अनुुसार त दुुबै जनाको पक्ष असुुरक्षित भएको आकंलन गर्न सकिन्छ । गगन रावल शुुरु देखी नै भिम रावल पक्षमा खरो रुपमा उभिएका थिए, उनलाई प्रचण्ड पक्षले नेकपा बाजुराको जिल्ला अध्यक्ष समेत बनाएको थियो । प्रदेश सांसद समेत रहेको सचिब बल्देब रेग्मि भिम रावल पक्षमा ढिलो गरि खुुलेका थिए । केन्द्रिय कमिटि हुुदै प्रदेश ईन्चार्ज सम्म गरेको निणर्य हेर्दा दुुबै जनाको पक्ष असुुरक्षित रहेको मान्न सकिन्छ ।
तर बाजुराको राजनितिक समझादरी तथा फर तरिकाले पनि जान सक्ने एक पक्षको भनाइ रहेको छ । जिल्लामा माओवादी केन्द्र बाट जिल्ला स्तरका नेताहरु आउने लहर पनि रहेको छ, पाटि बाहिर बाट आउने र भित्रैकालाई पनि उचित ब्यबस्थापन गर्नुपर्छ तब मात्र एमाले बलियो बन्नेमा केही नेता तथा कार्यक्रताको बिश्लेषण रहेको छ ।
नेकपा बाजुराका अध्यक्ष कालि बहादुर शाहिले बडिमालिका खबर सँग भने अहिले के हुुन्छ भन्न नसकिने अबस्था रहेको वताए । हामि पाटिमा छलफल गर्छौ, जिल्ला कमिटिको बैठकमा जे निणर्य आउछ, त्यहि हुुने वताए । केही साथीहरु बिचमा बाटो बिराएको भएपनि आत्माआलोचित भए सोच्न सकिने अबस्था पनि रहन्छ शाहिले थपे । बाजुरामा कणर् बहादुर थापा, लाल बहादुर थापा नेकपा एमाले केपी पक्षमा छन्, भने प्रकाश शाह माधब पक्षमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार