शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भलिबल
  • सेना दिवसको अवसरमा आयोजित भलिबलमा रोयल स्पोर्टस क्लब प्रथम

सेना दिवसको अवसरमा आयोजित भलिबलमा रोयल स्पोर्टस क्लब प्रथम

  • शुक्रबार, फाल्गुन २८, २०७७
सेना दिवसको अवसरमा आयोजित भलिबलमा रोयल स्पोर्टस क्लब प्रथम

बाजुरा–नेपाली सेना दिवसको अवसरपारी मार्तडीमा आयोजित भलिबल प्रतियोगिता रोयल स्पोर्टस क्लबले जितेको छ । आयोजक दुर्गा भङ्ज्याग गुल्मलाई पराजित गर्दै रोयलले जित हात पारेको हो ।

फाइनल खेलमा ३-२ को कडा प्रतिस्पर्धाका बीच रोयलले सेनालाई हराएर जित हात पार्न सफल भएको छ । खेलमा आयोजक दुर्गा भङ्ज्याग गुल्मको टिम द्धितीय भएको छ । भने केपी बा स्पोटर्स क्लब तृतीय भएको छ ।

केपी बा स्पोर्टस क्लबले खप्तड मालिका युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो । १ टिम सहभागि खेलमा नेपाली सेना केपी बा स्पोर्टस क्लबलाई पराजित गर्दै फाइन पुगेको थियो । भने खप्तड मालिका युवा क्लबलाई पराजित गर्दै रोयल स्पोर्टस क्लब फाइनलमा पुगेका हुन् ।

सेमिफाइनलमा पराजित केपी बा स्पोर्टस क्लब र मालिका युवा क्लबबीच तृतीय स्थानका लागि खेल भएको थियो । बाजुरा क्याम्पसको प्रागणमा आयोजित प्रतियोगितामा विजेता टिमलाई पुरस्कार र प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

खेलका विजेता टिमलाई क्रमश प्रथम द्धितीय र तृतीयलाई ८ हजार, ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिएको छ । गुल्मपति सुनिल विष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहनु भएको थियो ।

चार वटै सुरक्षा निकायका प्रमुख सहीत राजनीतिक दलका नेता, उल्लेख्य मात्रामा दर्शकहरु सहभागि रहेका थिए । नेपाली सेनाले आजै ५ किलोमिटर र ३ किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरेको थियो । दौडमा विजेता व्यक्तिहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार