बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • नारी दिवसको अवसरमा एटुजेट कम्प्युटर एजुकेशनले गर्‍यो टाइपिङ्ग प्रतियोगिता

नारी दिवसको अवसरमा एटुजेट कम्प्युटर एजुकेशनले गर्‍यो टाइपिङ्ग प्रतियोगिता

  • सोमवार, फाल्गुन २४, २०७७
नारी दिवसको अवसरमा एटुजेट कम्प्युटर एजुकेशनले गर्‍यो टाइपिङ्ग प्रतियोगिता

बाजुरा– नारी दिवसको अवसर पारी एटुजेट कम्प्युटर एजुकेशन सेन्टरले प्रथम टाइपिङ्ग प्रतियोगिता गरेको छ । बडीमालिका नगरपालिका वडा नं.८ जिल्ला खेलकुद नजिकै संचालित एटुजेट कम्प्युटर एजुकेशन सेन्टरले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्रथम टाइपिङ्ग प्रतियोगिताको आयोजना गरेको एजुकेशन सेन्टरले बताएकाे छ ।

नारी दिवसको अवसर पारी “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ १११ औँ नारी दिवसको अवसर पारी प्रतियोगिता गरेको हाे । कम्प्युटर शिक्षा पढिरहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्न र विद्यार्थीले अहिलेसम्म कति सिकाई प्रदान गरेका छन् र लेखाइमा कति छिटो रहेछन् मुल्याङ्कनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको सञ्चालक/प्रशिक्षक निशान्त बडुवालले बताएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई पुरस्कारसहित प्रमाण पत्र र सान्तना हुनेलाई प्रमाण पत्र हस्तान्त्रण गरेको हो । पुरस्कार र प्रमाण पत्र हस्तान्त्रण गर्नाले विद्यार्थीको हौसला बढ्ने र अन्य विद्यार्थी पनि त्यही सिकेर मेहनती हुने भएकाले पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको प्रशिक्षकस् समेत रहेका बडुवालले बताएका छन् । प्रतियोगितामा १४ जना कम्प्युटर पढ्ने विद्यार्थीहरुले भाग लिएका थिए । जस मध्ये गौमुल गाउँपालिका वडा नं.६ का मोहन थापा प्रथम भएका छन् । भने द्धितीय रामसरा खड्का, तृतीय लालबहादुर खड्का र सान्तना जयसणर सार्की भएका छन् । प्रतियोगितामा प्रथम भएका मोहन थापा, द्धितीय रामसरा खड्का र तृतीय लालबहादुर खड्काले पुरस्कारसहित प्रमाण पत्र पाएका छन् । भने सन्तान जयसणर सार्कीले प्रमाण पत्र पाएका छन् ।

सञ्चालक/प्रशिक्षक निशान्त बडुवालको अध्यक्षतामा संचाल भएको टाइपिङ्ग प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश बहादुर सिंह रहनु भएको थियो भने महासंघका सचिव प्रेम विक विशिष्ट अतिथि, त्यस्तै नजिक न्युज डटकमका अनलाइन सम्पादक प्रमित विक रहेका थिए । प्रमाण पत्र र पुरस्कार प्रमुख अतिथि र निशिष्ट अतिथिले हस्तान्त्रण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार