बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • लक्जरीयस ‘गद्दाफी प्लेन’: जहाँ गयो त्यहीं समस्या

लक्जरीयस ‘गद्दाफी प्लेन’: जहाँ गयो त्यहीं समस्या

  • आइतवार, फाल्गुन २३, २०७७
लक्जरीयस ‘गद्दाफी प्लेन’: जहाँ गयो त्यहीं समस्या

सीएनएन– लिबियाका शासक मोहोम्मद गद्दाफीको मृत्यु हुनु अगाडि विद्रोहीहरुले उनको बहुमूल्य शक्ति हात पारेका थिए ।गद्दाफीको निजी विमान, एयरबस ए ३४०–५०० को ‘फ्युजलेस’ गोली र बारुदले तहसनहस भए पनि त्यसको इन्टिेरियर भने अझै राम्रो अवस्थामा थियो ।

त्यसलगत्तै विदेशी सञ्चारकर्मीहरुलाई यसको अवलोकन गर्न निम्ता गरियो । यसले लिबियाका राष्ट्रिपतिको विलासी उडानबारे धेरै खुलासा गर्‍यो । त्यहाँ गोप्यरुपमा भएका ‘बाथटब’ देखि निजी सिनेमा र ऐनाले घेरिएको ठूलो मास्टर बेडरुमसहित विभिन्न लक्जरी सेवाहरु उपलब्ध थिए ।

बाहिरबाट हेर्दा सामान्य विमान जस्तो देखिए पनि भित्रबाट त्यो गद्दाफीको आफ्नै भव्य उड्ने महल थियो । पछि यसलाई लिबियाको नयाँ निकायसमक्ष प्रस्तुत गरियो । तर स्वर्गीय तानाशाहीसँग अत्यन्तै नजिकी सम्बन्ध रहेको यो विमानलाई अब के गर्ने भन्ने प्रश्न उत्पन्न भयो । यसमा पहिलो विकल्प भनेको यसका सबै भीआईपी इन्टेरियर हटाएर साधारण विमानमा परिणत गर्नु थियो ।

यसअघि ट्युनिसियाका राष्ट्रपतिको विमानको पनि त्यही अवस्था थियो । उनको विमान टर्किंस एयरलाइन्सलाई बेचिएको थियो । गद्दाफीको सन्दर्भमा यस्तो भएन तर यसलाई जसरी प्रयोगमा ल्याइएपनि अन्त्यमा अधिक मर्मतको आवश्यक पर्ने स्पष्ट थियो । त्यसैले २०१२ मा यसलाई ‘एरोस्पेस मेन्टेनेन्स एण्ड रिपेयर फर्म’, इएएसमा लगियो जुन दक्षिण फ्रान्समा अवस्थित छ । अन्य विमानहरु भन्दा फरक गद्याफीको ए३४० उडान भर्न लायक अवस्थामै थियो । र २०१३ मा यो विमान उड्नका लागि तयार पनि भयो । जसमा यसलाई व्यवसायिक सेवाका लागि नभएर लिबिया सरकारले आफ्नै प्रयोगका लागि चलाउने निर्णय गर्यो ।

तर लिबियाको सुरक्षा स्थिति बिग्रँदै गएपछि यसलाई फेरि फ्रान्समै लगियो जसबाटै यो विमानको अन्तर्राष्ट्रिय विवाद सुरु भयो ।यही कारण आजका दिनसम्म पनि यो विमान ग्राउन्डेड छ । ‘गद्दाफी प्लेन’ भन्ने नामले चिनिने यो विमान जहाँ गयो त्यहीँ नयाँ विवाद सुरु हुने गर्दथ्यो ।

गद्दाफी विमानको विवादास्पद इतिहास

वास्तवमा यो विमान सबैन्दा पहिले १९९६ मा ब्रुनाइका सुल्तानका भाइ राजकुमार जेफ्री बोलकिआले प्राप्त गरेका थिए । तिनै राजकुमारले यसलाई लक्जरी विमानमा परिणत गर्न २५ करोड डलर भन्दा धेरै खर्च गरेका थिए । तर त्यसको चार वर्षपछि नै यसलाई बिक्री गरेका हुन् जसबेला उनी राज्यको पैसा दुरुपयोगको मुद्दामा परेका थिए । यसपछि यो विमान साउदीको राजपरिवार कहाँ पुग्यो । अर्बपति व्यवसायी राजकुमार अल वालिद बिन तलालले यसको प्रयोग गर्न सुरु गरे । र २००६ मा आएर मात्र लिबियाका प्रमुख गद्दाफीले बजारबाट यसलाई १२ करोड डलरमा खरिद गरे ।

तर त्यही कारोबारका कारण जोर्डानकी महिला व्यवसायी दाद शाबले, राजकुमार अल वलिदले आफूलाई पैसा दिन बाँकी रहेको बताउँदै तिनलाई बेलायत बोलाइन् । यसपछि लन्डनको अदालतले उनको पक्षमा आदेश जारी गर्‍यो र साउदीले उनलाई एक करोड भन्दा धेरै ब्याजसहित भुक्तान गर्नुपर्ने भयो । यो विमानसँग सम्बन्धित थुप्रै हाइ–प्रोफाइल कानुनी मुद्दाहरुमध्येको यो एउटा हो ।

त्यस्तै अर्को घटनामा चाहिँ गद्दाफीले विमान खरिद गरेकै वर्ष लिबिया सरकारले ट्रिपोली नजिक रिसोर्ट बनाउने सम्बन्धी अल कुवेतस्थित एक ठूलो कम्पनीसँग सम्झौता गरेको थियो । तर यो सम्झौता पनि लिबिया पक्षबाट रद्द भयो । यसको प्रतिक्रियामा कुवेत समूहले काइरोस्थित लिबियाविरुद्ध मुद्दा दर्ता गरायो र क्षतिपूर्तिको माग गर्‍यो । सन् २०१३ मा सो फर्मले ९३ करोड डलर प्राप्त गर्‍यो । यसपछि ए ३४० पर्पिग्ननमा अवतरण भएको थाहा पाएपछि कुवेती व्यवसायी अल खराफीको समूहले फ्रान्समा पनि लिबियन स्टेटमाथि अभियोग लगायो र विमानलाई नियन्त्रणमा लियो ।

तर २०१५ मा एउटा स्थानीय फ्रेन्च अदालतले यसको बजार मूल्य ६ करोड रहेका बेला विमानलाई सबै मुद्दाबाट मुक्त गरायो । यो मुद्दा २०१६ सम्म जारी रहँदा यसको व्यवस्थापन शूल्क मात्र ३० लाख डलर पुगेको थियो । यसरी २५ वर्ष पुरानो लिबियन ए ३४० विमान सम्बन्धी मुद्दा अझै जारी छ र यसको रेखदेख र मेन्टेनेन्स पनि भइहेको छ । सन् २०२० को अन्त्यतिर स्थानीय अवलोकनकर्ताहरूले यसको इन्जिन सुरु भएको पनि हेरेका थिए ।

तर अझै एयर ए३४० को भाग्य अनिश्चित नै छ । फ्रान्सको क्याटालन एयरफिल्डमा यसबाहेक दुई अफ्रिकी राष्ट्रपतिहरुको विमान पनि लामो समयदेखि स्टोर गरि राखिएको छ । सीएनएनबाट

चर्चामा

सम्बन्धित समाचार