• होमपेज
  • विचार/ब्लग
  • के बिप्लव लाई नैतिकताको आधारमा फुक्का गरियो?

के बिप्लव लाई नैतिकताको आधारमा फुक्का गरियो?

  • शनिबार, फाल्गुन २२, २०७७
के बिप्लव लाई नैतिकताको आधारमा फुक्का गरियो?

ओली जी ले पुशको ५गते संसदलाई बिघटन गरेर चुनावमा जाने असम्बैधानीक अलोकतान्त्रिक प्रकृया लाई सर्वोच्चले पल्टाएर संसदलाई पुर्न बहालीको आदेश दिएपछि ओली नेत्र बिक्रम को पार्टी सँग न्रमता देखाउँन थालेका हुँन।त्यो भन्दा पहिले उन्ले बिप्लवको कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध लाई झन कडा गर्दै पत्रकार समेतको धरपकड गरेका थिए।
अहिले धेरै दिन भयकोछैन उनिहरुलाई फुक्का गराएर सरकारले पहिलेको आफ्नो त्यो गलतिलाई सच्चाएकोछ जुन उस्ले उनिहरु माथि प्रतिबन्द लगाएर गरेका थिए।
सरकारले त्यो उदेश्यले उनिहरुलाई फुक्का गरेको भए त्यो सकारत्मक कदम हो।तर त्यो कुनहद सम्म सत्यहो त्यो पछि ओलि सरकारको र स्वयम उनिहरुको बिचको नियतीमा निर्भर हुनेकुरा त हो नै पछि ब्यबहारीक रुपमै जग जाहेर हुँनेपनिछ।अहिले सरकारको तर्फ बाट राम बहादुर थापा गृह मन्त्री,र बिप्लव समूहको तर्फ बाट खडक बहादुर बिस्वकर्माको उक्त तिन बुँदे समझ्दारीमा हश्तक्षेर भयको छ।सरकार र बिप्लव समूह बिच तिन बुँदे सम्झौता गरियो।सरकार र बिप्लव समूहको बिचमा राजनीतिक बिषयहरुको समाधान संबाद द्वारा गर्ने,बिप्लव समुहको सम्पुर्ण राजनीतिक कृयाकलाप शान्तिपुर्ण हुँने,सरकार द्वारा लगाईएको प्रतिबन्द हटाउँने र सम्पुरण राजबन्दीहरुको रहाई गर्ने जस्ता महत्व पुर्ण बषयमा सम्झौता भयकोछ।सुक्रवारको(०५-०३-२०२१) बिज्ञाप्तिया उल्लेख भएकाछन।
तर ओलिको सरकारले नेत्रबिक्रम लाई यो बेला फुक्का गर्ने कारणहरु पनिछन।दुश्मनको दुश्मन दोस्त हुँन्छ भने जस्तै ओलि ले बिप्लवलाई प्रचण्डको बिरुद्धमा उपयोग गर्ने भित्रि योजना नहोला भन्न गारैछ। तर देर आयो दुरुस्तै आयो भने झैँ हामिले उनिहरु लाई फुक्का गर्नु लाई तहदिल बाट स्वागत गर्दछौँ।
तर नेत्रबिक्रम कम्रेडलाई कहिँ प्रचण्डलाई जस्तै उपयोगमा त लिने प्रयात्न भयकोछैन?यसबारे सचेत हुँन पनि अनुरोध गर्दछौँ।
नेत्रबिक्रम चन्द(बिप्लब)लाई प्रतिबन्द फुक्का भयकोमा हाम्रो साँचो रुपमा स्वागतछ।उन्लाई प्रतिबन्धलगाएको हामिले सुरु देखि नै लगातार सरकारको बिरोध जनाउँदै आलोचना गर्दै आएका थियौँ। त्यसबारे कसैबाट लुकेकोछैन।
हाम्रो बारमबारको सरकारलाई गरिएको आलोचनाको बावजुद सरकारको रबैया उदाशिन थियो।अहेले ओलि सरकारले फुक्का गर्नुमा भने उन्को आफ्नै स्वार्थ नहोला भन्न सकिन्न।हामिले नैतिकताको आधारमा पार्टीहरु माथि को प्रतिबन्धलाई गलत ठान्दछौँ।तर चाहिँदाको भाँडो बनाउँने ब्यबहार भने नगरियोश भन्न पनि चाहान्छौ।अहिले नेपालमा राजनीतिक दलहरुमा सत्ता खोस्ने र बिदेशीको दलालि गर्ने होड्नै चलेकोछ।पहिले ओली,अनि प्रचण्ड पछि अहिले भारतमा उपचारको निहुँमा बाबुराम
भर्खर पेटको उपचार गराउँन भनि भारत गएकाथिए।पूर्व प्रधान मन्त्रि डा.बाबुराम भट्टराई नौ दिन सम्म भारतमा भौँतारिए पछि कसैले लेखो लाएन र अन्तिम मा एउटा टिवी लाई हिन्दिमा अन्तर बार्ता दिएर फर्किएकाछन।उन्ले आफु पौपलर बन्ने उदेश्यले भारतिय पक्षपोषण खुबै गरेकाछन।ओलिले गरेको निर्णय लआई पनि आत्तिएर गरेका जस्ता कुरा गरेर आकास तिर थुके।भारतको पक्षपोषण गरेर बाबुराम भर्खर फर्किएका हुँन।भारतिए अतिक्रमणको बिरुद्धामा २०७७जेष्ठको७गते काला पानी लिम्पियाधुरा र लिपुलेख समेत समाबेश गरी नयाँ नक्सा निकाले ९जेष्ठमा दर्ता गरे र संघिय सदनले जेष्ठको३१सर्व सहमत बाट पारित गरेको थियो त्यसपछि निशानछाप हालेको थियो। त्यो बेला बाबुराम सहित नया नक्साको पक्षमा थिए।सरिता गरी लाई भारतको पक्षमा बोलेपछि जनता समाजबादी पार्टीले निस्कासन समेत गय्रो।
अहिले बाबुरामले भारतको सहयोग जुटाउँन न्वरान सम्मको जोड लगाएर दलालि गर्ने पर्यात्न गर्दैछन। देशमा यतिबेला सत्ता प्राप्त गर्ने उदेश्यले जस्ले पनि आफ्नो सरकारमा बहुमत हासिल गर्ने प्रयात्न गर्दै आएकोछ।
त्यसकारण अहिले नेत्र बिक्रम चन्द(बिप्लव)को समर्थन पाउँनलाई ओलिले उनिहरु माथि लगाएको प्रतिबन्ध लाई फुक्का गराएका हुँनसक्छन।देश र देशका जनताको भबिश्यको बारेमा कसैलाई पनि सरकोर छैन मात्र सत्ता कसरि हत्याउँने भन्ने मात्र चिन्ता गरेकाछन।हामीले वास्तबिक अर्थमा नेत्र बिक्रम चन्द जी मूल लाईनमा आएर आगामि दिनहरुमा उँहाहरुको भूमिका कस्तो हुन्छ त्यसपछिनै केही भन्न सक्किन्छ।अहिलेको लागि त उँहाहरु माथि सरकारले लगाएको प्रतिबन्ध हटाएकोमा खुसि र स्वागतका कुरा ठान्दछौँ।हाम्रो देशमा अहिलेको यो अबसस्थामा केवल क्रान्तिकारी गफ लगाएर मात्रै केहि हुँनेवाला छैन बरु जनतालाई सचेत र संगठित गर्दै देशभक्त र जनतान्त्रिक बनाउँन जोड दिनु पर्छ।राष्ट्रीयता,जनतन्त्र र जनजीवीकाको लागि गरिने शान्तिपुर्वक शंघर्षनै अहिलेको आबस्याकता हो र हाम्रो दृघाकालिन उदेश्य नौलो जनवादी क्रान्ति भयपनि तत्काल देशको र गणतन्त्रको रक्षा गर्नु आबस्याकछ।जहिले पनि जुन सुकै अबस्थामा पनि उग्र नारा लगाएर जनतालाई भड्काउँने र देशको अर्थतन्त्रमा आँच पुराउँने खालका गतिबिधी अहिलेको यो अबस्थामा ठिक हुँनै सक्दैन।त्यस कारण पनि बिप्लवहरुले मूल राजनीतिक लाईनमा आस्था राखेर शान्तिपूर्ण तरिकाले देश र जनताको हितमा शंघर्ष गरे त्यो खुसिको कुरानै हो।तर शान्तिको बहानामा कुनै सत्ता पक्षयको कटपुतलि भएर लतारिने प्रबृतीलाई भने ठिक भन्न सक्किने छैन।मोहन ब्यध्याले पनि बिप्लवलाई त्यस्तै प्रकारको नसिहत दिएकाछन।उनिहरु बाट आगामि राजनीतिक लाईन ब्यबहारीक रुपमा हेर्न बाँकीनैछ।आउँने दिनहरुमा त्यो पनि प्रष्ट हुँदै जानेछ।

चर्चामा

सम्बन्धित समाचार