आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराका खले ल्वारलाई भारतमा बस्ने नेपालीद्धारा आर्थिक सहयोग

बाजुराका खले ल्वारलाई भारतमा बस्ने नेपालीद्धारा आर्थिक सहयोग

  • शनिबार, फाल्गुन २२, २०७७
बाजुराका खले ल्वारलाई भारतमा बस्ने नेपालीद्धारा आर्थिक सहयोग

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ पिपलडालीका खले ल्वारको परिवारका लागि भारतमा बस्दै आएका बाजुराका युवाहरुले आर्थिक सहयोग गरेका छन ।
बुनिन्दा १ पिपलडालीका गरिव परिवारका खलेको आर्थिक अभावका कारण उपचारमा समस्या समस्या भन्ने सिर्षकमा बडिमालिका खवरले समाचार सम्प्रेशण गरेपश्चात भारतमा बस्ने बाजुराका युवाहरुले आर्थिक सहयोग संकलन गरि पठाएका हुन । उनलाइृ जुटेको आर्थिक सहयोगको रकम १० हजार १ सय ५० रुपैया बडिमालिका खवरको टिम उनकै घरमा गएर बितरण गरिएको हो । करिव १ हप्ता अगाडी खले ल्वारकै घरमा पुगेर सो रकम सोही वडाका वडाअध्यक्ष नृपराज खत्रीको हातवाट हस्तान्तरण गरिएको बडिमालिका खवरका सम्पादक प्रकाश सिहंले बताएका छन ।
खलेको उपचार र केही दाल चामल किन्नका लागि भनेर भारतको मुम्बई खारघार बाट बाजुराका युवाहरुले संकलन गरि पठाएका थिए । उनको उपचारका लागि भनेको रकम सहयोग अभियानमा भुबन सार्कि,कर्म सार्की,सिंह लोहार,टेकराज गिरि
हिमाली गाउँ पालिका वडा नं ६ पाडि (नाउला) निवासी गोबिन्द लोहार र बुनपा ३ (भुल्याना) किस्न लवार हंश सार्कि,नबिन ओड बुनपा २ (कोल्टी) गँग बहादुर बि क,दलबिर नेपाली,मनोज बि क लगायतका युवाहरुले सहयोग रकम संकलन गरेर पठाएका थिए । यस अभियानमा बडिमालिका खवरको सहकार्यमा भुवन सार्कीले अभियान संचालन गरी सो रकम संकलन गरी पठाएको शार्कीले बताएका छन । सो अभियानमा साथ दिने सबैलाई उनले धन्यबाद समेत ब्यक्त गरेका छन ।
उनले भने यसपछिका अभियानमा पनी लाग्न प्रेणा मिलेको र बडिमालिका खवरको टिमसंगै सहकार्य गरी दिन दुखिका सहयोगका लागि लागिपर्ने बताएका छन । भुवन शार्की र  टेकराज गिरी लगायतको टिमले यस अघिका बडिमालिका खवरले उठान गरेका बिभिन्न अभियानमा समेत सहयोग गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार