बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ईतिहाशका कयौँ खल पात्रहरुको चाल बज्नुपर्छ

ईतिहाशका कयौँ खल पात्रहरुको चाल बज्नुपर्छ

  • बुधबार, फाल्गुन १९, २०७७
ईतिहाशका कयौँ खल पात्रहरुको चाल बज्नुपर्छ

केहि दिन पहिले ईतिहाश बाट शिक्षा लिने भनेर एउटा लेख लेखेको थिएँ।अहिले ठिक त्यस्तै प्रकारको ईतिहाशका खलपात्रहरु सँग होसियार हुनु पर्छ भनेर फेरी लेख्दैछुँ।
मानव संसारको सबैभन्दा सुवेकशिल चेतनसिल प्राणि हो।त्यसैले पनि यो समाजिक राजनीतिक गतिबिधीको चेवा चर्चा गर्ने र तिनलाई निफ्न्ने गर्नुपर्छ।राजनीतिक हाम्रो आबस्याकता हो तर देश र जनताको हितको लागि त्यसो नभय कुनै फाईदा छैन।
मानिसमा सहनसिलता विबेक सिलता र चेतना हुँदैन भने त्यो एक प्रकारको पसुनै हो।उस्मा र अन्य पसुहरुमा खासै फरक हुनेछैन।
हामी बाट गलति पनि हुन्छ किन भने हामिले दिनौ कुनैन कुनै काम गरेका हुन्छौ।प्रतेक काम गर्ने ब्याक्तिहरुबाट गलति समय समय मा हुन्छ,त्यो अस्वभाबिक होईन हिँड्दा खेरी ठोकर लाग्छ यि सबै अन्जानेमा भयका गलतिहरु बाट मानिशले शिक्षा लिन्छन र अगाडि बढ्छन त्यस कारणले नै उ बौद्धिक बन्दछ।
कतिपयले जाना जान गलति गर्छन त्यो हामिहरु मध्य धेरैले अभ्यास र अनुसन्धान गर्नको लागि पनि कतिपय बेला रिक्स लिएका हुन्छौ।काम सफल वा असफल हुनसक्छ यस्तो धेरै जसो सामाजिक राजनीतिक क्षेत्रमा,वैज्ञानिक क्षेत्रमा अध्यायन र अनुसंधानको क्रममा गरिन्छ।त्यसबाट शिक्षा पनि मिल्छ र हामिहरु लाई अगाडि बढ्न सजिलो हुन्छ।
तर कतिपयले त्यसबाट शिक्षा लिनुको सट्टा पुन गलति गर्छन र बार बार गर्छन त्यसता ब्याक्ति मुर्ख सामाजिक रुपमा पट मुर्ख पनि भन्निन्छ।उनिहरुले एउटा गलति लुकाउँन अनेक गलति गर्ने गर्छन।
उनिहरुले गरेको गलतिले उनिहरुलाई मात्र नोक्सान गर्दैन त्यो गलतिले परिवार समाज र सिङ्गो देशलाई पनि ठुलो नोक्सान पुराउँन सक्छ।जस्तो कि हाम्रा नेताहरु द्वारा बिदेशी सँग गरिएका असमान सन्धि सम्झौता र क्षाणिक स्वार्थमा गरिने दलालिले देशलाई ठुलो नोक्सान पुराउँदै आएकोछ।
राजनीति भनेको त्यो मापदण्डहो जुन समाजलाई फिल्टर गरेर अग्रगति प्रधान गर्न सक्षम हुन्छ वा हुनैपर्छ।उनिहरु (राजनीतिज्ञहरु)समाजका बिसिष्ट बर्गमा पर्छन जसले जनता सँग नङ र मासुको सम्बन्धलाई सस्थापित गरेर अगाडि बढ्न प्रयात्न गर्छन।जो एक प्रकारको समाज सेबक हुनु पर्नेहो तर आज राजनीति गर्नेहरु राजनीतिलाई पेसाको रुपमा बुझ्नाले राजनीतिमा भ्रष्टचार फैलिदै गयकोछ।
कसैले राजनीति राष्ट्रीयताको जनतन्त्र र जनजीवीकाको हितमा आफ्नो निजि स्वार्थ त्यागेर आजिवन लागेका हुन्छन।त्यस्ता ब्याक्तिले जीवनभरी दुखःकष्ट सहेरपनि हर्षितछन किनकी उनिहरुको उदेश्य जनता र देशको सेवा गर्नेहुन्छ।त्यसकारण उनिहरु हतोत्साहित हुँदैनन डरपोक हुँदैनन र आफ्नो बिचार र ब्यबहारलाई घालमेल गर्दै अगाडि बडेका हुन्छन।
तर आज त्यस्तो नेता र कार्याक्रता राजनीतिक क्षेत्रमा अपवाद देखिन्छन।कतिपय भयपनि उनिहरुलाई आजको समाजले लेखो लगाउँदैन र जनताको माझमा उनिहरुले जितहाशिल गरेर समाजको प्रतिनिधित्व गर्न सक्दैनन।त्यो मात्रा आज कामियाब बनेकोछ जो ब्याक्तिगत घाटा र नाफालाई टार्गेट बनाएर राजनीति गर्छन।त्यसले गर्दा राजनीतिक मा भ्रष्टचार गुण्डागर्दी ईत्यादी भयकोछ।
हाम्रो देशमा राजनीतिक भ्रष्टचार बढ्दै गयो किन भने यो देशमा निम्न पुँजिवादी बिचार धारा बाट प्रेरित भयका ब्याक्तिहरुको बहुल्याताछ।उनैले कम्युनिष्टको झण्डा छोपे पनि कम्युनिष्ट बन्न सकिराखेका छैनन्,अन्य पुँजिवादी प्रतिकृयावादी पार्टीहरु ज्वाईन गरेपनि उनिहरु राष्ट्रीय पुँजिवादी बन्न सकेकाछैनन्।यता पैसावाला दलाल पुँजिपति मा प्रेणित हुँदै गयकाछन वा उनै पाल्टी भित्रपनि बिस्तारै ईमान्दार कार्याक्रता पेण्डलुम सर्वहारा बन्दै गएकाछन।
कम्युनिष्टहरुले बैचारीक रुपमा सर्वहारा बनाउँन खोजेपनि त्यस्तो छैन कि त पैण्डलुम सर्वहारा छन कि भने दलाल पुँजिपति बन्ने प्रयात्न गर्दछन।दुबैको उदेश्य सामन्तवादी छ,नाफो खोर र सुख भोगि बन्दै जाँदा बिस्तारै कम्युनिष्ट बिचारधारा बाट पतन हुँदै गयकोछ।त्यसकारणले समानताका कुरा गरेता पनि जानि नजानि असमानताको खाई खनेका हुन्छन।
अहिले जरुरतछ हामिहरुले आत्म समिक्षा गरेर पुरानो गलतिलाई छाडेर त्यो बाट शिक्षालिएर अगाडि बढ्नुपर्ने।तर त्यो गर्न आफ्नै कार्याप्रणालि ईमानदारी सँग अध्यायन गरेर त्यसबाट शिक्षा लिनुपर्छ।कम्युनिष्टको नैतिकता भित्र कोई पनि छैनन भनेपनि असान्द्रभिक नहोला,अहिले भर्खर देशमा दुई तिहाईको सरकार लाई ओलिले असम्बैधानिक भयर बिघटन गर्न पुगे,संसदलाई सर्वोच्चले पुर्न बहाल गर्न लगायो।आफ्नै पाल्टीका नेतालाई हराउँदा ब्यापक खुसिमनाएर लड्डु बाट्ने काम भयो।यस्तो गलत बिचार उनिहरुमा हैबि भयकोछ,अहिले सरकार बनाउँन उनिहरु हद दर्जाको ब्यबहार अपनाउँदैछन।संसदहरुलाई किन्ने र सभासद बिक्ने काम हुँदैछ।यस्तो भ्रष्टचार किन हुन्छ भन्ने कुरा कसैबाट लुकेकोछन।निम्मन पुँजिवादी धरातलमा टेकेको हाम्रो देशको राजनीतिलाई गम्भिर रुपमा अध्यान र शमिक्षा गरेर त्यसबाट दुशित पक्षलाई निफनेर सबल पक्षलाई अप्नाउँनू पर्दछ।यो कामै सबै नेता कार्याक्रताले गर्नै पर्दछ।तर ईतिहाशका खल पात्रहरुले त्यो गर्दैन बरु त्यो गलति लाई लुकाउँन सयौँ यस्ता गलतिहरु गर्दै जान्छन।उनिहरु कम्युनिष्ट बाट यति तल झरि सकेकाछन कि उनिहरुलाई कम्युनिष्ट भन्नु कम्युनिष्टलाई गालि गर्नुनै हुनेछ।

चर्चामा

सम्बन्धित समाचार