मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • डढेलाे लागेर उपचारका क्रममा मृत्यु भएकी खड्काका परिवारलाई काँग्रेसले गर्याे नगद सहयाेग

डढेलाे लागेर उपचारका क्रममा मृत्यु भएकी खड्काका परिवारलाई काँग्रेसले गर्याे नगद सहयाेग

  • मङ्लबार, फाल्गुन १८, २०७७
डढेलाे लागेर उपचारका क्रममा मृत्यु भएकी खड्काका परिवारलाई काँग्रेसले  गर्याे नगद सहयाेग

बाजुरा– डढेलाे लागेर उपचारका क्रममा मृत्यु भएकी वडिमालिका नगरपालिका वडा नं ३ पिप्सेकी फुँगी खड्काका परिवारलाई नेपाली काँग्रेस वडिमालिका नगरकार्यसमितिले नगद सहयाेग गरेकाे छ । वडा नं ३ पिप्से टाेल नजिकैकाे वनमा अागलागी हुँदा घाँस ल्याउने क्रममा शरिरमा अागाे लाग्दा घाइते खड्काकाे उपचारकाे क्रममा काठमाडौंमा मृत्यु भएकी खड्काकाे परिवारलाई राहात स्वरूप ८ हजार ६ सय ५५ रूपैया सहयाेग गरिएकाे नेपाली काँग्रेस वडिमालिका नगरकार्य समितिका कार्यवाहक सभापति धनलाल पाध्यायले बताएका छन् ।
अागलागी पछि मृत्यु भएकी ४५ वर्षिया फुँगी खड्काका १२ वर्षिय १ छाेरा २ छाेरी छन् । मृतकका परिवारलाई थाेरै भएपनि घाउमा मलम लागाेस् भन्ने हेतुले साे राहात रकम सहयाेग गरिएको नेपाली काँग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितले बताए । राहात रकम नेपाली काँग्रेस वडिमालिका नगरकार्य समितिका पदाधिकारी सहितकाे टाेली घरमै पुगेर मंगलबार बिहान काँग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डित मार्फत पिडित परिवारलाई हस्तान्तरण गरिएकाे थियाे ।
अागलागी पछि मृत्यु भएकि फुगी खड्कालाई बचाउन हर प्रयास गर्दा पनि अाफुहरू सफल नभएको र अागामी दिनमा पनि वडिमालिका नगरपालिकाले मृतकका परिवारलाई सक्दाे सहयाेग गर्ने राहात सहयाेग गर्न गाउँमै पुगेकी वडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले बताइन् । अागामी दिनमा यस्ता विपदबाट स्थानियलाई जाेगिन र सजक हुन नेपाली काँग्रेस वडा नं का वडासभापती नन्दलाल खड्काले अाग्रह गरेका छन् ।
मृतकका परिवारलाई प्रदान गरिएकाे उक्त राहात रकम नेपाली काँग्रेस वडिमालिका ३ का वडा सभापति नन्दलाल खड्का र नेपाली काँग्रेस अधिवेशनका जिल्ला प्रतिनिधि वीर वहादुर खड्काकाे पहलमा संकलन गरिएकाे थियाे ।
राहात हस्तान्तरण गर्न नेपाली काँग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डित, समन्वय उपप्रमुख सुनिता सुनार,वडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्ट,महिला संघ बाजुराका अध्यक्ष अमृता सिंह,नेपाली काँग्रेस वडिमालिका नगरपालिकाका कार्यवाहक सभापति धनलाल पाध्याय, नेपाली काँग्रेस वडिमालिका नगरपालिका वडा नं ३ का वडा सभापति नन्दलाल खड्का र नेपाली काँग्रेस अधिवेशनका जिल्ला प्रतिनिधि वीर बहादुर खड्का लगायत मंगलबार बिहान मृतकका घरमै पुगेकाका थिए ।

चर्चामा

सम्बन्धित समाचार