शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा पुनःस्थापनापछि शिक्षामन्त्री ‘सक्रिय’ : निजी कलेजहरुलाई धमाधम सम्बन्धन

प्रतिनिधिसभा पुनःस्थापनापछि शिक्षामन्त्री ‘सक्रिय’ : निजी कलेजहरुलाई धमाधम सम्बन्धन

  • मङ्लबार, फाल्गुन १८, २०७७
प्रतिनिधिसभा पुनःस्थापनापछि शिक्षामन्त्री ‘सक्रिय’ : निजी कलेजहरुलाई धमाधम सम्बन्धन

प्रतिनिधिसभा पुनःस्थापनापछि मन्त्रालयको काममा ‘ध्यान दिन’ थालेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले निजी कलेजहरुलाई धमाधम सम्बन्धन बाँड्न सुरु गरेका छन् । झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्ध दिलाउन यसै साता केयू पदाधिकारीलाई ठाडो निर्देशन दिएका उनले विदेशी सम्बन्धनमा सञ्चालित ९ वटा निजी कलेजलाई कार्यक्रम र विषय थप गर्ने प्रक्रिया अघि बढाएका छन् ।

उनी मन्त्री नियुक्ति भएलगत्तै मन्त्रिपरिषद्ले दुई वर्षदेखि रोकिएको विश्वविद्यालय सम्बन्धन फुकुवा गर्ने निर्णय गरेको छ । उक्त निर्णय लगत्तै विश्वविद्यालयबाट पनि सम्बन्ध बाँड्न उनले पदाधिकारीलाई दबाब दिन थालेका छन् ।

सीटीईभीटी अन्तरगत सम्बन्धन पनि अघि बढाउन उनले गृहकार्य गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । विज्ञहरु सम्मिलित उच्चस्तरीय शिक्षा आयोगले २०७५ मा सम्बन्धन नबाँड्न सरकारलाई सुझाव दिएको थियो । सुझाव विपरित मन्त्री श्रेष्ठले शिक्षण संस्थालाई सम्बन्ध दिने कामलाई केही दिनयता प्राथमिकतामा राखेका हुन् । उक्त कुरा उनी स्वयंले स्वीकार गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार