मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • उपचार अभाबमा कुुपोषित बच्चा जिवनमरणको दोसाधमा

उपचार अभाबमा कुुपोषित बच्चा जिवनमरणको दोसाधमा

  • सोमवार, फाल्गुन १७, २०७७
उपचार अभाबमा कुुपोषित बच्चा जिवनमरणको दोसाधमा

बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोटमा उपचार अभाबमा एक बच्चा जिवनमरण दोसाधमा रहेको छ । रेलि बिकको २ महिनाको छोरा कुुपोषणको चपेटमा परेको छ ।
रेलिको छोरा कुपोषण बाट निकै ग्रसित भएपनि उपचार अभाबमा छटपटिरहेको स्थानिय बल बहादुर बिकले वताएका छन् । आमा समेत कुुपोषित रहेकी रेलिको दुध समेत नआउदा बच्चा झन जोखिममा रहेको छ । जन्मेदेखी नै दुध आउदैन्, गाँउले बाट पाउडरको दुध खुुवाएर बचाइरहेको उनले वताईन् ।
रेलिका यो भन्दा पहिलो कुुपोषणका कारणले ३ वटा बच्चा मृत्यु भइसकेको छ । घरमा खान लगाउन पुुग्दैन्, मागेर परिवार पाल्ने गरेको छुु, कुुपोषणका कारणले आफ्नो दुध नआउने गरेको उनले वताईन् । रेलिका श्रीमान राम्रोसँग आँखा देख्न सक्दैन्न, अरुको सहयोगले छोरा अहिले सम्म बचाएको छ रुदै उनले वताईन् ।
रेलिले छोरालाई स्थानिय स्वास्थ्य चौकीमा उपचार लगेपनि त्यहाँ कुुपोषित बच्चाको उपचार नहुुने र लिटो नभएको भन्दै घर फर्काएका थिए । स्वास्थ्यकर्मीले अन्यत्र लिने भनेपनि पैसा नहुुदा घरमै राखेको रलिले वताईन् । पाउडरको दुध त अरुलाई मागेर खुवाउछुु, गाँउमा ल्याक्टोजिन दुुध पाँउदैन्, अन्यत्र बाट किनेर ल्याउने पैसा नभएको उनले वताईन् ।
मुक्तिकोेट गाँउ नेपालकै सबै भन्दा गरिब भएको ठाँउ हो । खडेरीको चपेटमा परेको यो गाँउमा उत्पादनले एक महिना पनि खान नपुुग्ने गरेको स्थानियले वताएका छन् । गाँउपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले भनिन्, त्यो गाँउमा कुुपोषण धेरै रहेको तर यस्तो बच्चाको बारेमा जानकारी भने नभएको वताएका छन् । त्यस्तो भएमा गाँउपालिकाले सहयोग गर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार