आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा परिवार नियोजन बन्ध्याकरण शिबर सम्पन्न

कोल्टीमा परिवार नियोजन बन्ध्याकरण शिबर सम्पन्न

  • आइतवार, फाल्गुन १६, २०७७
कोल्टीमा परिवार नियोजन बन्ध्याकरण शिबर सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको कोल्टी क्षेत्रलाई मध्यनजर गरि ३ दिने परिवार नियोजन बन्ध्याकरण शिबिर सम्मपन्न भएकाे  छ । बाजुराको बिकट र दुुर्गम क्षेत्रको रुपमा रहेका हिमाली गाउँपालिका जगन्नाथ गाउँपालिका,स्वामीकार्तिक खापर गाँउपालिका र बुढिनन्दा नगरपालिकाका र छिमेकी जिल्ला मुगु लगायतका क्षेत्रका जनताको सेवाका लागि कोल्टी प्राथमिक केन्द्रमा शिबिरको आयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजना र बुढिनन्दा नगरपालिकाको समन्वयमा सो शिबिर संचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । १२ गते देखी संचालन भएको सो शिबिरमा कोल्टी क्षेत्रका ९७ जनाले सेवा पाएकाे र जसमा मिनल्याप ४३ जना र भ्यासाेक्टाेमी ५३ जनाले गराएकाे बुढिनन्दा नगरपालिका स्वास्थ्य उप संयोजक ओमजगं शाहीले बताएका छन ।
सुनौलो परिवार नेपालको आर्थिक सहयोगमा संचालित सो शिबिरमा त्यस क्षेत्रका धेरै भन्दा धेरैलाई सेवा दिन प्रत्यन्न रहने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार