सोमवार, फाल्गुन २४, २०७७
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु

सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु

  • आइतवार, फाल्गुन ९, २०७७
सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु

म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।

फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ । छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार