शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिचार ब्यबहार नै बेकार भयपछि

बिचार ब्यबहार नै बेकार भयपछि

  • शनिबार, फाल्गुन ८, २०७७
बिचार ब्यबहार नै बेकार भयपछि

कलिलैमा मान्छे गुनेगार भयपछि के लाग्छ,
बिचार ब्यबहार नै बेकार भयपछि के लाग्छ।

आज सामाजिक माहोल पनि छाडा हुँदैगयो,
युवाहरु नै समाजमा भार भयपछि के लाग्छ।

कसरी भनौ कु-क्रम गर्नेलाई नाबालिग भयो,
ब्यबहार राक्षेश अनुसार भयपछि के लाग्यो।

दुई बर्षिय बालकलाई नी किचेर मार्छन यँहा,
अप्राधी जोगाउँने आधार भयपछि के लाग्यो।

काममै पाईलै पछि असमानछ धनी गरिबको,
रुपियानै न्यायको औजार भयपछि के लाग्छ।

हो कलम र तरवारमै ठुलो शक्ति हुँनेरैछ यँहा,
अप्राधिको हातमा तरवार भयपछि के लाग्छ।

बालिग त यँहा अप्राधी जोगाउँने आ्धार बन्यो,
समाजभित्र यस्तै बारमबार भयपछि के लाग्छ।

चर्चामा

सम्बन्धित समाचार