शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साथि पद प्रतिष्ठाको लालच मा

साथि पद प्रतिष्ठाको लालच मा

  • शुक्रबार, फाल्गुन ७, २०७७
साथि पद प्रतिष्ठाको लालच मा

आपसमा पनि जीत अनि हारका कुरा हुँदा,
दुःख लाग्छ सदैभरी मारा मारका कुरा हुँदा।

के लिएर जानुछ भाई भाईमै रिश राग भयो,
खुसि लाग्थ्यो सन्तान मा प्यारका कुरा हुँदा।

दुश्मन त हाम्रो कोहो लड्नु हामिलाई काँछ,
बिड्मबना दुश्मन झैँ ब्यबहारका कुरा हुँदा।

सुन तिम्रो हाम्रो एकता भए संसार जित्नेछौँ,
किन टाडिन्छौ शुनौलो आधारका कुरा हुँदा।

मरेर जाने चोला त हो जन्मिए जति सबैको,
बरु बसेर गरौँन हामी घर बारका कुरा हुँदा।

नछाड सँग साथि पद प्रतिष्ठाको लालच मा,
के मिल्नेछर गरी यो दिकदारका कुरा हुँदा।

चर्चामा

सम्बन्धित समाचार