शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेताको काम मात्रै चर्को भाषन ठोक्ने हो

नेताको काम मात्रै चर्को भाषन ठोक्ने हो

  • सोमवार, फाल्गुन ३, २०७७
नेताको काम मात्रै चर्को भाषन ठोक्ने हो

भन्छन देश सूर्जरलैण्ड वा जापान हुन्छ,
नेताको कथनमा ताली मात्र प्रधान हुन्छ।

घरमा फर्किदा समस्याकै अम्पार देखियो,
रीत्तो थालि मात्रै त गरिबीको बर्दान हुन्छ।

नेताको काम मात्रै चर्को भाषन ठोक्ने हो,
जनता सदैभरी कुन्नी किन अन्जान हुँन्छ।

यहि चाला भयोभनी हाम्रो देश भित्र हेरौँ,
प्रतेक घरमा एक दिन एउटा सैतान हुन्छ।

अनि आउँछन उस्तै ज्वाहार भाटाहरु नी,
त्यो रोक्नै नसक्ने आँधी र तुफान हुन्छ।

जँहा अत्याचार हुँन्छ त्यँही बिस्फोट नि,
तानाशाह हरुको ब्यबहारनै वैमान हुन्छ।

रोक्नै सक्दैनन् कोई आँधिको बेग लाई,
लेखेर राख्नुश समय धेरै बलवान हुन्छ।

चर्चामा

सम्बन्धित समाचार