• होमपेज
  • विचार/ब्लग
  • जनता संगठित मात्र होईन सचेत बनौ

जनता संगठित मात्र होईन सचेत बनौ

  • बिहिबार, माघ २९, २०७७
जनता संगठित मात्र होईन सचेत बनौ

देशको बिकाश गर्ने,देशमा निकाश खोज्ने,देशको भबिश्य निर्धारित गर्ने भनेको देशका नागरिकहरुनै हुँन।जुन देशका नागरिक सचेत,संगठित अनुसाशित हुँन्छन पौरखी हुन्छन त्यो देश कहिले न त गरिब हुँन्छ न गुलाम हुँन्छ।त्यो देशमा बिकाश गर्न कसैले रोक्न सक्दैन।कुनै ले त्यो देशको बारेमा कुनियत कुदृष्टी लगाउने चेष्टा समेत गर्न सक्दैन।हामिले हाम्रो देशलाई कहिले भारत सँग खतराछ भन्छौ कहिले चिन सँग।तर हाम्रो देशलाई कसै सँग खतरा छ भने त्यो हाम्रै देशको साशक बर्ग सँग छ जो स्वायम हामिले भोट दिएर उस्लाई देश हाक्ने चाबी दिएकाछौँ।
त्यो कुरा हामिले कहिलैई नबिर्शने बिषय हो।
देशमा राणाहरुले राज गर्दा सम्म बिदेशी खतरा थिएन होला?राजाले राज गर्दा सम्म पनि खासै बिदेशीले सोझै हश्तक्षेप गरेको ईतिहाश नभेटिएता पनि कयौ पटक बिदेशी हैकम वादको बिस्तारवादको र साम्राज्यावादी शक्तिहरुको बिरुद्धामा बेला बखतमा आवाज उठेको हुँन्थ्यो,यध्यापि त्यो बेला राजा एक्लै थिए।२०२७सालमा भारतले आर्थिक नाकाबन्दि लगाएकै हो,२०४५मा करिब १३मैना नाका बन्दि लगायो तरपनि राजाले शंघर्ष गरेकै थिए।मैले राजतन्त्रको वकालत गरेको होईन मात्र राजनीतिक दलहरुको नियति बारे ब्याख्या गरेको मात्रैहो।
जति बेला देशमा बहुदलिय ब्यबस्था आउँछ ठिक त्सपछि बिदेशीको प्रत्यक्षा खतरा बढेर गएको हुन्छ।आखिर किन त्यसबारे हामिले छलफल गर्नु पर्छ।हाम्रो पराय जसो नेताहरु जति बेला सत्तामा हुँदैनन त्यो बेला उनिहरु भारतको बिरुद्धमा चर्को बोल्छन अनि जनताको मत प्राप्त गर्छन र सत्तामा पुग्छन।जब सत्तामा पुग्छन त्यसपछि लगातै उनिहरुको नियति बदल्लिन्छ।स्वर बदल्लिन्छ,छिमेकि सँग भेटबार्ता पछि उनिहरु नतमस्तक हुन्छन।
देशभित्र आयश्रोत भनेको रेमिटेन्शि अनि बिदेशि अनुदान,निर्यात गर्ने भनेको युवाशक्ति काठ,खनिज पदार्थ, पानी,कोईला,लगायतका कच्चा पदार्थ बाहेक अरु छैन आयात भनेको सियो बाट लिएर हेलिकप्टर सम्म,कागज,अरु त अरु नुन पनि भारतबाट जान्छ।अरु कुरा छाडौँ हाम्रो देशमा बिक्ने कुचो पनि भारत बाट निर्यात हुन्छ।जब देशमा उत्पादनका कुरा आउँछन त्यो मात्र कुरामा बिलाउँछ,कागजमा दमतोड्छ।कतै एउटा पुल बनाउँन पय्रो भने भारत सँग आँ गर्छन।भर्खर प्रधान मन्त्रीले रेल र पानी जहाज का उखान हालेर सस्तो लोक पृयता जुटाउँन खोज्नु भयो।
देशमा केहि नभयर होईन हाम्रो देशमा उत्पादनका कयौँ साधन श्रोतहरु छन,के छैन भने नेताहरुको नियत छैन।किन भने हाम्रा नेताहरु निम्न पुँजिवादी जग बाट संसदमा पुगेका लोभी स्वभाबका धेरै जसो छिट्टै धनि बन्न खोज्ने खालका हुन्छन।उनिहरुलाई बिकाशको बाटो हेर्ने समयनै हुँदैन बरु जसरी भयपनि कमिसन खाने वा बिदेशीको दलालि गरेर भयपनि छिट्टै धनी बन्ने आश हुन्छ।त्यसैको परिणाम देशको बिकास तिर उनिहरुको ध्यान जाँन सक्दैन।यदि देशको बिकाशको चक्क्रमा पर्नेहो भने उनिहरु लाई आर्थिक समस्या झेल्नु पर्छ र बिदेशीहरु शंग बेला बखतमा शंघर्ष पनि गर्नु पर्छ।त्यो साररिक मानसिक कष्टको बाटो किन छोप्थे बरु ऐयिशी गर्ने र बिदेशको कट्पुत्लि बनेर छिट्टै धनि बन्ने बाटो रोजेका हुँन्छन।हिँजो भारतको बिरुद्धमा सुरुङ खन्ने क्रान्ति कारी हरु पनि यिनै हुँन,दशबर्ष जङ्गलमा पसेर शहिदको खेति गर्नेहरु पनि यिनै हुँन।त्यो बेला देशका होनहार देशभक्त क्रान्ति कारी युवा शक्तिहरुलाई मात्रै मराएनन देशको सम्पति पनि सक्यासम्म नष्ट गरे बैङ्क लुटे देशमा सार्वजनिक सम्पति नष्ट गरे।उति बेला बाहुँनका घरमा जबर्जस्ति दलित लाई पस्न लगाए,जनै छिँड्ल्न लगाए।गरु काटेर खाए मन्दिर भत्काए।आज उनैले मन्दिर मा पुजा गर्छन जनै लगाएकाछन,छोराहरुको बर्तबन्द गर्छन।गाईको गवत खान्छन।म दलितहरु लाई सोध्छु के जातिय बिभेदको अन्त्य भयो त?पक्कै पनि उँहाहरुको उत्तर आउँनेछ भयको छैन जस्तो थ्यो त्यस्तै छ।अनि हिजो बन्दुक पड्काउँने हरुले कस्लाई मारे कुन बर्गको ब्याक्ति मरेका थिए?वास्तबमा त्यो कथित जनयुद्धमा आफ्नै बर्गका होनहार देशभक्त मारिएकाछन।
बन्दुक पड्काउँन जानेर मात्र पनि हुँदैन बन्दुक कस्का हितमा र कस्को बिरुद्धमा पड्काउँने भन्ने बारेपनि जान्नु पर्छ।संगठित केका लागि हुँने त्सबारेपनि ज्ञान हुँनुपर्छ।
क्रान्तिकारी भनौदाहरु सँग पनि एउटा प्रश्न राख्नु पर्दा मैले सोध्छु!हामिले सर्वप्रथम आफु बाट किन क्रान्ति गर्न सकेका छैनौँ?एउटै उदेश्यका लागि शंघर्ष गर्नेहरुको बिचमा एकता किन हुँन सकि रहेको हुँदैन?सैधान्तिक मतभेद का बिषय बस्तुमाथि मैत्रिपूर्ण छल फल गरेर समाधान किन गर्न सक्दैनन र पृथक आन्दोलित छन।जबकी देशलाई अहिले ठुलो खतराछ पनि सबैले भनि रहेकाछन।अहिले बन्दुक उठाएर जङ्गल पस्ने अबस्था पनि कत्ति देखिदैन।कम्तिमा राष्ट्रियताको लागि त एकमना एकता हुँनु पर्ने?तर उनिहरुपनि आफ्नै जुँवा तिखार्छन।जनतालाई उल्लु बनाउँन अतिरञ्जित नारा लगाएर भिड जुटाउँछन।यो चालाले देशमा खतरानै बढिरहेकोछ।हिँजोको प्रचण्डको जुलुसमा भारतिय झण्डाको रहश्य बारेमा बिस्तारै प्रष्ट हुँदै जाला,कसैले त्यो फैक हो पनि भन्छन कसैले त्यो बाईर गराएकाछन।असलमा त्यसबारेमा पछि छानबिन बाट प्रष्ट हुँदैजाला।तरपनि प्रचण्डहरु मात्रै होईन कयौँ नेताहरु धेरै पहिले देखि छिमेकिको कटपुतली बन्दै आएको सबैलाई थाहा भयकै कुराहो।त्यसबारे पटक पटक भन्न नपर्ला।
देश भक्त जनताहरु अहिले ईमानदारी सँग देशमा बिघटित संसदको बहाली र संघियताको खारेजीको लागि एकमना एकता बनाएर देशको रक्षा गर्यौ।अहिलेको प्रमुख जिम्मेवारी नागरिकहरुको यो नै हो।

चर्चामा

सम्बन्धित समाचार