शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

  • बिहिबार, माघ २९, २०७७
विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरमा रहेको भोला माध्यमिक विद्यालयमा कक्षाकोठा तथा शिक्षकको अभाव छ । विद्यार्थीलाई बसेर पढ्नका लागि आवश्यकता अनुसारको कक्षाकोठा तथा शिक्षकको व्यवस्था नहुँदा पठनपाठन नै प्रभावित भएको छ ।

एउटै कक्षाकोठामा धेरै विद्यार्थीलाई राखेर पढाउनुपर्ने भएकाले विद्यार्थी अढाई–तीन घण्टा अगाडि नै आउने गरेको बताएका छन् । बिहान १०:०० बजे पुग्नुको साटो बिहानै ७ः३० बजेदेखि आएर स्कुल अगाडिको मूल गेटमा बस्ने गरेका छन् । अगाडिका बेन्चमा बसेर पढ्न उकुसमुकुस (ठेलमठेल) हुने गरेको विद्यार्थीले बताएका छन् ।

अगाडि तथा बेन्चमा बस्न अढाई÷तीन घण्टा पहिला नै आएर विद्यालयको गेटमै विद्यार्थी लाइनमा बसेर विद्यालय खुल्ने प्रतीक्षा गर्ने गरेको कक्षा ६ की फूलकुमारी गुप्ताले बताइन् । कक्षा ६ मा ७० छात्रछात्रा रहेका छन् । एउटै कक्षामा धेरै विद्यार्थीलाई बसाएर पढाउँदा पछाडि बसेपछि अगाडिबाट शिक्षकले बोलेको कुरा बुझ्न कठिन हुने गरेकाले आफूहरू अगाडि बस्न विद्यालयको गेटमै लाइनमा लागेको कक्षा ८ मा अध्ययनरत रामनिवास कुशवाहाले गुनासो गरे ।

भोला माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत रहेको कुशवाहाले हाम्रो ८ कक्षामा अढाई सय बढी विद्यार्थी रहेकाले पछि आउने विद्यार्थीलाई बस्न बेन्चको अभाव हुने गरेकाले पहिलादेखि नै आएर लाइनमा बस्नुपर्ने बाध्यता भएको उनले बताए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार