बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० मजदूर बेपत्ता भएको आशंका

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० मजदूर बेपत्ता भएको आशंका

  • आइतवार, माघ २५, २०७७
भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० मजदूर बेपत्ता भएको आशंका

एजेन्सी — भारतको उत्तराखण्डमा हिमताल ( बारिएर बसेको हिमनदी) विष्फोट भएको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेको हो । हिमताल फुटेलगत्तै स्थानीय धौलीगंगा नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । हिमताल फुटेपछि नदी तटमा रहेको ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता आशंका गरिएको छ ।

घटनास्थलमा उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावत घटनास्थलतर्फ जाँदैछन् । मुख्यमन्त्री सिंहले ट्वीटरमार्फत उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवस्थापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । घटनाको अन्य विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार