शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • म्यानमारको राजनीतिक अबस्थाको बारे

म्यानमारको राजनीतिक अबस्थाको बारे

  • बुधबार, माघ २१, २०७७
म्यानमारको राजनीतिक अबस्थाको बारे

अहिले भर्खर सोमबारको म्यानमारमा सैनिक ‘कू’भयको खबर आएकोछ।गतकालको नोवमबरमा भयको संसदिए निर्वाचनमा आङग् साङग सुकीको पार्टीले ४७६सिट मध्य ३९६मा भारि विजय हाशिल गरेको थियो।त्यस बारे चुनाव आयोगले पुष्टी पनि गय्रो।तर केहि समय पछि सैनाले ३१४सहरहरुमा मतदानमा भारी धाँद्ली भयको भन्दै चुनावमा गडबड भयो भनेको थियो।तर उनिहरुले त्यसबारे कुनै आधिकारीक प्रमाण पेश गरेका थिएनन।आखिरमा ०१-०२-२०२१सोमवार अचानक सैनिक कु को समाचार आएपछि दुनिया भरीमा हलचल पैदा गराएकोछ।
संसारका कयौँ देशहरुले सैनिक ‘कु’को तृव आलोचना गरेकाछन।कैविनेटको मुख्या मुख्या मन्त्रालय र २५फिसदी सिट सैनाको लागि आरक्षित राख्ने यो देशको सम्बैधानिक नियमछ भन्निन्छ।एउटा लोकतन्त्रिक प्रकृया बाट भारी मतले जीत हाशिल गरेकी सुकीको पार्टीलाई अपदस्त गरेर कमाण्डर ईन चिफ बरिष्ठ जनरल मिन आङ हलिङले सत्ता सम्बिधानको अनुच्छेदको धारा ४१७लाई प्रयोग गरेर सत्ता हत्ताएकाछन।उक्त धारामा देशको आपतकालिन स्थितिमा सैनिकले सत्ता आफ्नो हातमा लिन सक्ने प्राबधानछ।यो सम्बिधान सन२००८मा सैनाले तैयार गरेको भनिन्नछ।
बर्मा मा धेरै सम्म ब्रिटिशको साशन पनि रह्यो र स-साना राज्याहरुमा राजा रजौटेहरुको पनि साशन रह्यो।भन्निन्छ ब्रिटिश हुकुमतको बेला त्यो एकपटक भारतको हिस्सा पनि बन्यो जो पछि१९३७सम्म रहेको थियो।पछि अंग्रेज हरु गएपछि भारत को आजादि पछि भारत र म्यानमारको बिचमा सन१९५१मा शान्ति तथा मैत्रि सन्धि भयो।जस्तै नेपाल र भारतको बिच भयको थियो सन१९५०,उस्तै प्रकारको सन्धि भयको थियो।भारत र म्यानमार बिच कयौँ सन्धि सम्झौता ईकरार नामाहरु हुँदै आएकाछन।यो देशमा बौद्ध धर्मालम्बि र मुश्लिमहरुको पनि बसोबाशछ।
सन१८४८जनवरी४मा ब्रिटिश चङ्गूल बाट मुक्त भयको यो देशमा सन१९६२सम्ममा लोकतान्त्रिक सरकार निर्वाचित भै राखेका थिए।२मार्च १९६२मा जनरल ने विनको नेतृत्वमा सैनाले तख्ता पल्टाएर सत्ता कब्जा गय्रो।सन१९८८सम्म त्यँहा एक दलिए सरकार ले राज गय्रो।त्यँहा निर्दलिय साशन प्रणालि रह्यो।जस्मा सैनिक अधिकारीहरुनै पालैपालो सत्ता शिन हुँदैगए।तर म्यानमार दक्षिण पूर्वी एसियाको सबैभन्दा ठुलो देशहो।जस्को क्षेत्रफल ६,७८,५००बर्ग किलो मिटर छ।यो बिस्वको ४०वाँ ठुलो देशमा पर्छ।यस्लाई ब्रम्हादेश, वर्मा यसको पुरानो नामहो।भारतको पुर्व उत्तर राज्या र अरुणाचल प्रदेश तिरपनि कयौँ ठाउँबाट सिमाना लाग्छ।
सैना समर्थित दल”बर्मा सोशिलिष्ट प्रोग्राम पार्टीको वर्चस्वलाई ठुलो धक्का त जब लागेको थियो पहिले तब की सन१९८८मा एउटा सैना अधिकारीले साँ माँग ले ठुलो पैमानामा चलेको जन आन्दोलनलाई बलजफ्ति कुल्चेर उनिहरुमाथि निर्मम दमन गरेर सत्ता हत्थायो र एउटा नयाँ सैन्य परिषद लाई गठन गय्रो।त्यसैले आन्दोलनकारीहरु लाई खुब कुच्ल्यो।आर्को बर्षनै यसले वर्माको नाम बदलेर म्यानमार राख्यो।भनिन्निछ ब्रिटिशको साशनकालको द्वौरान यो देश बर्मा दक्षिण पूर्व एशियाको सबैभन्दा धनी देश थियो।दोस्रो बिस्वा युद्धको द्वौरान जापानिहरु सँग बचाउँन यँहाको ठुला ठुला उद्धोगहरु ब्रिटिशहरुले नै सखाफ पारेका थिए।त्यसपछि यो देशमा सैनिकहरुको ऐयासि पुर्ण साशनले गर्दा आज देश दुनियाको गरिब मध्यकोछ।
आङग काङग सुकी वर्माका राष्ट्रिय पिता कि छोरी हुँन।उनि बिलायतमै पढिन हुर्किन उन्को बाउको राजनीतिक हत्या भयो।एन.एल.डि.को सन१९८८को आन्दोलनको नेतृत्व गरेकी सुकीलाई तत्कालिन सैनिक सरकारले सन१९८९जुलाई२० देखि घरमै नजर बन्द गय्रो।सन१९९१मा नोवेल पुरस्कारले सम्मानित र त्यहि बर्ष शखारोब मानव अधिकार पुरस्कार बाट सम्मानित सुकिलाई ब्यापक जन दबाव र अन्तरराष्ट्रीय दबावका कारणले अचानक सरकारले मुक्त गरिएको सन१९९५ जुलाईमा नजर बन्द मुक्तगरेको थियो।उनि निर्वाशन जेल र नजर बन्द समेत भैन।तरपनि प्रजातन्त्रको पक्षमा लगातार लड्दै आएकिछन।तर अहिले फेरी उन्लाई आर्को तानाशाहि सैनिकको सामना गर्नु परेकोछ।भन्निन्छ उनलाई फेरी नजर बन्द राखिएकोछ।आजको एक्काईसौ शताब्दिमा पनि लोकतन्त्रलाई कुचल्ने तानासाहि ब्यबस्थालाई लाद्ने म्यानमारमा दुश प्रयास भयकोछ।

चर्चामा

सम्बन्धित समाचार