बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • ७७ जिल्लामा भूमि आयोग: जिल्ला अध्यक्षले सहसचिव बराबरको तलब–भत्ता पाउने

७७ जिल्लामा भूमि आयोग: जिल्ला अध्यक्षले सहसचिव बराबरको तलब–भत्ता पाउने

  • मङ्लबार, माघ २०, २०७७
७७ जिल्लामा भूमि आयोग: जिल्ला अध्यक्षले सहसचिव बराबरको तलब–भत्ता पाउने

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउनेछन्।

आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णय सोमबार राजपत्रमा प्रकाशन भएको हो। मन्त्रिपरिषद्कै चैत ९ गते बसेको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगले ४ सय १ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ। भूमिहीनलाई जग्गा दिने दायित्वसाथ काम गरिरहेको आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले बताए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार