शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • मेस्सीको ६५० औँ गोलमा बार्साको जीत

मेस्सीको ६५० औँ गोलमा बार्साको जीत

  • सोमवार, माघ १९, २०७७
मेस्सीको ६५० औँ गोलमा बार्साको जीत

लियोनेल मेस्सीले करियरको ६५० औँ गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको छ । फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । क्लबका लागि फ्रिकिकमार्फत् उनको यो ४९ औँ गोल थियो ।

तर, दोस्रो हाफको शुरुवातमा नै जोर्डी आल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो । खेलको ७४ औँ मिनेटमा एन्टोनी ग्रिजमानले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए ।

जीतसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई गोलअन्तरमा उछिन्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । यद्यपि, शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सा र रियल १० अंकले पछि रहेका छन् ।

सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले पछिल्ला १० खेलमध्ये ८ मा जीत र दुईमा बराबरी गरेको छ । आइतबार नै भएको खेलमा एथ्लेटिको म्याड्रिडले क्याडिजलाई ४–२ गोलले पराजित गर्यो । एथ्लेटिकोको जीतमा लुइस सुवारेजले २, साउल निग्वेज र कोकेले एक–एक गोल गरे । क्याडिजका लागि दुवै गोल अल्भारो नेग्रेडोले गरेका थिए । दुई गोलसँगै सुवारेज ला लिगाको यो सिजनमा १६ खेलबाट १४ गोल गर्दै सर्वाधिक गोलको सूचीमा पहिलो स्थानमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार