शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • सबैले परिश्तितीलाई आ-आफ्नै ढङ्गले बुझ्ने गर्छन

सबैले परिश्तितीलाई आ-आफ्नै ढङ्गले बुझ्ने गर्छन

  • शनिबार, माघ १७, २०७७
सबैले परिश्तितीलाई आ-आफ्नै ढङ्गले बुझ्ने गर्छन

देश र जनताको समस्या कसैले बुझ्ने प्रयास गर्दैनन।बरु हरेकले आ-आफ्नो पार्टीको चश्माले हेर्छन र त्यहिअनुसार बुझ्ने र बुझाउँने गरेकाछन।वास्तबमा छातिमा हात राखेर ईमानदारी सँग देश र जनताको हितमा बिष्लेण गर्ने हो भने अहिलेको यो परिस्थिति मध्याब्दि निर्वाचनको छँदैछैन।बरु देशमा खर्च घटाएर बिकाश तिर सबैको ध्यान जानु पर्ने हो।त्यसको लागि संघियता खारेज गरेर त्यो रकम बाट स साना उध्धोग कल-कारखाना खोलेर युवाहरु लाई रोजगारको ब्यबस्था गर्नु पर्नेहो।
देशलाई कस्तो बनाउँने भन्ने बारे सबै नागरिकहरुको आ-आफ्नै चिन्तन होला,हुँनुपनि पर्छ।नेताहरुले पनि आफुलाई देशभक्ति धरातलमा राखेर अबस्थाको बिष्लेषण गर्नुपर्छ।उनिहरु देशका सचेत नागरिक भयकोले उन्को क्रतब्य हुँनुपर्ने।
उनै कुन बेलामा कस्तो बिचारले राष्ट्रीयता र गणतन्त्रलाई फाईदा पुग्ला त्यस बारे शहि दृष्टीकोण अपनाउँन सक्ने पार्टी संगठन समुह ब्याक्तिलाई हामिले देशभक्त दुरदर्शियता भन्न मिल्छ।जस्को बिचारधाराले देश र जनताको भलो गर्छ त्यसैलाई हामि सहि भन्न सक्छौँ।
प्रधान मन्त्रि के पी शर्मा ओली जी ले पटक पटक बौखलाहटमा गलत बिचार बोल्दै आउँनु भयकोछ।पहिले उँहाले गैर सम्बैधानिक अलोक तान्त्रिक पाराले संसदलाई बिघटन गर्नु भयो।अनि जब जनताले उँहाको त्यो ब्यबहार प्रति रोश प्रकट गरे र संसदको पुर्नबहाली गर्ने माग राख्दै सडकमा आवाज उठाएकाछन।त्यसबाट प्रधान मन्त्रि आत्तिएर”जस्ले संसदको बहालि गर्ने माग गर्छन ती देशद्रोही हुँन”भनेकाछन।कस्तो बिड्मबनाहो यो?हाम्रो देशको यो प्रधान मन्त्रिको बिचारलाई कुन रुपमा बुझ्ने जनतले।देशको मर्म केहो हाम्रो देशमा स्थिर सरकारको माग गर्नेलाई देश द्रोही भन्न मिल्छ त?
देशलाई बिदेशी शक्तिले घेरेको बेला उनि स्वयम त्यहि शडयन्त्रको सिकार भयको बेलामा जनताले कस्तो भुमिका खेल्नु पर्छ?यो देशको बारेमा चिन्ता गर्ने अधिकार जनतालाई हुँने की नहुँने?अनि जनताले संसदलाई पुर्न बहालि गर्नु पर्छ भन्दा उन्को नजरमा जनता देशद्रोही भए।प्रधान मन्त्रि जस्तो गरिमामय पदमा बसेर यस्तो बिचार गर्न कत्तिपनि हिचकिचाउँनु भैन।यध्यापि अहिले पनि सर्वोच्चको फैसला आएको छैन।के सर्वोच्चको फैसाला संसदको पुर्नबहालि को आयो भने सर्वोच्चलाईनै देशद्रोही भन्न खोज्नु भयको हो उँहाले?त्यो धम्किनै हो।
हाम्रो देशमा करिब साडे छ दशको बलिदानिपुर्ण शंघर्ष पछि बल्ल तल्ल देशका जनताले अंश भयपनि अधिकार पाएकाछन।बोल्ने स्वतन्त्रता,गणतान्त्रिक र धार्मिक स्वतन्त्रता(धर्म निरपक्षाता)बहु भाषिक बहुजाति बहु धार्मिक भएको देशमा यो सम्बिधानमा भयको धर्म निर्पक्षियता र गणतान्त्रिक ब्यबस्थाले केहि हद सम्म जनतालाई राहात मिलेकै मान्नुपर्छ।यध्यापि समम्बिधान ले सबैलाई सम्बोधन गरेर सर्वमान्या नहुँन सक्छ।त्यो छलफलको बिषयहो।यो सम्बिधानले सबथोक मिल्यो भन्न खोजेका पनि छैनौँ।तर के यति बेला यो सम्बिधानलाई पोलेर सम्बिधानको बिरोध गरेर कस्लाई फाईदा पुग्ला?यहि बिषय प्रमुखहो।अहिले छिमेकीले जस्तै प्रतिगामि शक्तिले र कथित हिन्दु राज्य बनाउँन खोज्नेहरु समेतले यो सम्बिधानलाई घेरेको बेला।यसमाथि लगातार आकारमण भयको बेला के देशभक्तहरुले यो सम्बिधानलाई जोगाउँने क्रतब्य होईन?जति बेला हामिले भनेका थियौँ देशमा राजावादीहरुले सत्ता कब्जा गर्न सक्छन तपाईँहरुले यो उग्रवाम्पन्थि धकधकी नदेखाउँनुश!त्यो बेला का माओवादी प्रचण्डहरुले मानेन् परिणाम राजाले सत्ता कब्जा गरे अनि उनिहरुको त्यो क्रान्तिकारी धकधक सेलायो।अहिले कयौँ आफुलाई क्रान्तिकारी भन्नेहरुले पनि त्यहि प्रकारले सम्बिधान माथि मन मर्जि हमला बोलेकाछन।
हो वास्तबिक रुपमा देशलाई आमुल परिवर्तन चाहिएकोछ,देशमा कृषि क्रान्ति हुँनुपर्छ।तर देशभित्र अहिले के त्यो क्रान्ति सम्भबछ?अहिले त्यो सम्भब छैन भने सम्बिधानलाई कार्यान्वयन गर्नै पर्छ।देशलाई दुर्घटना तिर डोराउँने खालका बिचार मात्रै गरेर अराजक प्रकारका गति बिधि बाट कस्लाई फाईदा होला?हामिले अहिले निदार खुम्चाएर सोँच्ने भनेको यहि मात्रैहो।
सम्बिधान बन्नै नदिने सडयन्त्र नभएको पनि होईन।एक पटकको सम्बिधान सभा समेत अफसान गरियो जनताको सचेतनाले आर्को पटकको सम्बिधान सभाले सम्मिधान ल्यायो तर त्यो सम्बिधानलाई बिफल गर्न चोर ढोका बाट संघियता लाई छिराईदियो।हाम्रो देशले निकास नपाएको यो संघियताले गर्दा हो।त्यो बिदेश बाट शडयन्त्र मुलकरुपमा आएको थियो।अहिले पनि संघियताले नै देशलाई तहश नहश पार्दैछ।
यतिबेला हामि सबै देशभक्तहरुले देशलाई दुर्घटना तिर जान बाट जोगाउँनु पर्छ।सम्बिधानको रक्षा गरेर मात्र त्यो सम्भबछ।अन्याथा देशमा नसोचेको अबस्था आउँन सक्ने अहिलेको बाता बर्णले देखाएकोछ।देशलाई त्यो अनिश्चिता बाट जोगाउँन बिघटित संसदको पुर्नबहाली गरेर सम्बिधान बाट संघियता लाई हटाएपछि देशले क्रमसै बिकाशको गति लिनेछ।प्रधान मन्त्रि जस्तो गरिमामय पदमा आशिन भयको ब्याक्तिले जँहा जे मनमा लाग्यो बोल्नु हुँन्छ त्यसले उँहाकै ब्याक्तित्वमथी प्रभाव पर्छ।एउटा ९४बर्षका बुजुर्ग जस्ले साराजिवन नियमको पालना कानूनको रक्षा गरे उनैको उपहाश समेत गरेर आफै उपहाशको श्रोत बनेकाछन।अहिलेको संसदलाई बिघटन गरेर उन्ले प्रतिगामि तत्वहरुलाई फाईदा पुराएकैछन।

चर्चामा

सम्बन्धित समाचार