शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • निर्वाचन आयोगले छलफलमा बोलायो नेकपाका दुवै पक्षलाई

निर्वाचन आयोगले छलफलमा बोलायो नेकपाका दुवै पक्षलाई

  • बिहिबार, माघ १५, २०७७
निर्वाचन आयोगले छलफलमा बोलायो नेकपाका दुवै पक्षलाई

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको हो ।

माघ १६ शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार २ वटा विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो ।
‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने हुन्छ, त्यसका लागि आयोगले सुचना प्रकासन गर्दैछ त्यो विषय र अर्को निर्वाचनको तयारी सम्बन्धी छलफलका लागि बोलाइएको हो’, प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णसँगै नेकपामा ओली र प्रचण्ड माधव समुहका गतिविधि फरक फरक ढंगले चल्दै आएका छन् । राजनीतिक र व्यवहारिक रुपमा फुटिसकेको नेकपालाई आयोगले भने मान्यता दिएको छैन । नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो । त्यसपछि नेकपा विवाद थप पेचिलो हुदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार