बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • दुबै मृगौला फेल भएकी बाजुराकी धनाको आर्थिक अभावका कारण उपचारमा समस्या

दुबै मृगौला फेल भएकी बाजुराकी धनाको आर्थिक अभावका कारण उपचारमा समस्या

  • बिहिबार, माघ १५, २०७७
दुबै मृगौला फेल भएकी बाजुराकी धनाको आर्थिक अभावका कारण उपचारमा समस्या

राजेन्द्र बिक –– बाजुरा बडिमालिका नगरपालिका वडा.३चौराटा घर भएकी ३०बर्षिय धना चंदाराका दुबै मृगौलाले काम गर्न छोडेको ६ महिना भयो।नेपालका अस्पतालहरुमा उपचार सम्भव नभएपछी भारतको दिल्ली स्थित महाराजा अग्रेसन अस्पतालमा उपचारत उनको आर्थिक अभावका कारण बिचैमा उपचार छोडेर घर फर्किनु पर्ने बाध्यता रहेको उनका अाफन्तले बताएका छन।

सामान्य घरकी उनले रिण गरेरै अहिले सम्म उपचारमा १० लाख रुपैयाँ खर्च गरिसकेकी छन्। डाक्टरले कि किड्नी नंया राख्नु पर्ने कित डाइलासिस गरिराख्नु पर्ने भएकाले पुरै ठिक गरि पहिलाकै अवस्थामा फर्काउन १२ लाख जति खर्च फेरि लाग्न सक्ने बताएको उनका श्रीमान दल बहादुर चंदाराले बताए।

एक छोरा र एक छोरी रहेकी उनको पारिवारिक स्थिती निकै दयनिय छ । आर्थिक अभावकै कारण उपचार गर्न नसक्दा आफुहरु बिचैमा उपचार छोडी गाउँ फर्किनु बाहेककाे बिकल्प केही नरहेकाे अाफन्तहरू बताउछन । अब के गर्ने कसो गर्ने कहि कतै बाट सहयोगी हातहरुको सहयोग मिले आफुले उनलाइ बचाउन सक्ने नभए आफु र छोराछोरिको जीवन अन्धकारमय हुने भएकाेले सहयोगका लागि सामाजिक संजालमा दल चंदाराले  अनुरोध गरेका छन ।

दिल्लिमा आफन्तहरुको डेरामा बसि उहांहरुकै सहयोगमा अहिले सम्म उपचार गरांए र बांचे अब कति दिन सम्म बांच्न सकिने हो पत्तो छैन ।त्यति धेरै पैसा हामिले पाउने कुरा भएन पैसा नभए उपचार सम्भबनै छैन मलाइ बचाउन सहयोगी निकाय संग समन्वय गरिदिन पर्यो बडिमालिका खबर संग कुरा गर्दै धनाले दुखेसो पोखेकी छन्।आर्थिक नजुटे सम्म घरकै बेडमा छटपटाउनु बाहेकको बिकल्प नरहेकाले सहयोगका लागि परिवारले सरोकारवालाहरु संग हारगुहार गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार