शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • उत्सव तोरीको खाने तेल उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध

उत्सव तोरीको खाने तेल उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध

  • बुधबार, माघ १४, २०७७
उत्सव तोरीको खाने तेल उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध

बाजुरा — राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेल बिक्रि बितरण तथा उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ । राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्रि बितरण तथा उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको गुणस्तरमा सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरिक्षणको क्रममा समेत कैफियत महसुस भएकोले गुणस्तर परिक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाली पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
सो तेलको परिक्षण प्रतिबेदन प्राप्त नभएसम्मका उत्सव ब्राण्डको तोरीको तेल आयात बिक्रि बितरण तथा उपभोग नगर्न सार्बजनिक सुचना मार्फत जिल्लाबासीलाई जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
परिक्षणका लागि पठाएको प्रतिबेदन नआउन्जेल उत्सव ब्राण्डको तोरीको खाने तेल बिक्रि बितरण तथा उपभोग नगर्न समेत अनुरोध गरिएको छ अन्यथा बिक्रि बितरण गरेको पाइएमा जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

No description available.

 

No description available.

चर्चामा

सम्बन्धित समाचार