बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • प्रतिष्ठानको खुला भलिबल प्रतियोगितामा कन्ट्रसन क्लव विजयी

प्रतिष्ठानको खुला भलिबल प्रतियोगितामा कन्ट्रसन क्लव विजयी

  • मङ्लबार, माघ १३, २०७७
प्रतिष्ठानको खुला भलिबल प्रतियोगितामा कन्ट्रसन क्लव विजयी

बाजुरा — जिल्लाको त्रिवेणी नगरपालिकामा संञ्चालन भएको डबल कटुवाल प्रतिष्ठानको आयोजना भएको पुरुष खुला भलिबल प्रतियोगितामा कन्ट्रसन क्लव विजयी भएको छ ।
जिल्लाकै पहिलो धनराशिको पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता माघ ८ गते देखि सुरु भएको भलिभल प्रतियोगितमा कन्ट्रसन ले पार्वती माबिलाई प्रहाजित गर्दै खेल आफनो पोल्टोमा हात पारेका हुन्। उक्त खेल बेस्ट फाइपमा खेलाएको खेलमा पहिलो खेलमा कन्ट्रसनकोे २९ल र पार्वती माविको २७ मा प्रजाति भएका थिए भने दोर्सो खेलमा कन्ट्रसनले २५ र १८ मा पराजीत भएका हुन तेर्सो खेलमा कन्ट्रसनले २५ र पार्वती मावि पैमाले २२ मा हार बेहोरेका थिए । माघ ८ गते देखी संञ्चालन भएको खेल सोमबार उक्त खेल सम्पन्न भएको छ।

खुला भलिवल प्रतियोगिता पुरुष तर्फको विजेता हुने कन्ट्रसनले एक लाख ४९हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । भलिबल प्रतियोगिता को महिला तर्फका खेलमा आयोजकले गौमुल गाउंपालिकालाई प्रराजित गरेका छन्।
खुला भलिवल प्रतियोगितामा महिला तर्फबाट विजयी हुने आयोजकले ४५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र सहित प्राप्त गरेका छन् । उपविजेता भएको गौमुल गाउंपालिकाले २५ हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको प्रतिष्ठानका सचिव मिलन बुढथापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार