शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका तीन वटा मुक्तकहरु-

कलक राेकाया सानुका तीन वटा मुक्तकहरु-

  • सोमवार, माघ १२, २०७७
कलक राेकाया सानुका तीन वटा मुक्तकहरु-

१.
संगै बसेकाे रात नै अन्तिम हुनेछन,
मिठा-मिठा बात नै अन्तिम हुनेछन।
अन्तिम भेटमा तिमि बाट बिदा मागी,
हल्लाएका हात नै अन्तिम हुनेछन।
२.
मेराे ओठमा हासाे नदेख्न सक्छाै,
बाेलेकाे कुरा साचाे नदेख्न सक्छाै।
तिमी बाट म टाडा जादा खेरी अब,
दिलमा राखेकाे नासाे नदेख्न सक्छाै।
३.
हिड्दै राति जुनलाई सम्झिन्छु,
हरेक पटक उनलाई सम्झिन्छु।
म जति टाडा भयनि आजभाेली,
दुखमा लगाईकाे गुनलाई सम्झिन्छु।

 

चर्चामा

सम्बन्धित समाचार