बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारत–चीनबीच पुनः झडप, २० चिनियाँ सैनिक र भारतका चार जवान घाइते

भारत–चीनबीच पुनः झडप, २० चिनियाँ सैनिक र भारतका चार जवान घाइते

  • सोमवार, माघ १२, २०७७
भारत–चीनबीच पुनः झडप, २० चिनियाँ सैनिक र  भारतका चार जवान घाइते

भारत चीनबीच तनावबीच दुई देशका सैनिकबीच पुनः एकपटक झडप भएको छ । भारतीय सेनाले २० जनवरीमा सिक्किमका दुई देशबीच आमने सामने भएको पुष्टि गरेका छन् । दुई सेनाका कमान्डरले निश्चित प्रोटोकलअनुसार विवाद सुल्झाइसकेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

भारतीय मिडियाका अनुसार चीनले एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी) मा घुसपैठ गर्ने कोसिस गरेको थियो । भारतीय जवानले रोक्दा चिनियाँ सैनिकले हातपात गर्न सुरु गरेको भारतीय समाचार माध्यमले जानकारी दिएको छ । झडपमा चीनका २० सैनिक घाइते भएका छन् । भारतका चार जवान पनि घायते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै जानकारी भने दिएको छैन ।

दुई देशबीच १५ घण्टासम्म बैठक चल्योः

यो तनाव कम गर्नका लागि पूर्वी लद्दाखको मोल्डोमा भारत र चीनका सैन्य अधिकारीबीच आइतबार ९ औं चरणको कुराकानी भयो । करिब १५ घण्टासम्म चलेको यो बैठकको निष्कर्ष हालसम्म सार्वजनिक भइसकेको छैन । तर भारतले एलएसीमा तनाव कम गर्न अपिल भने गरेको छ ।

एलएसीमा पछिल्लो थुप्रै महिनादेखि तनावको स्थिती छ । १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ सैनिक र भारतीय जवानबीच हिंस्रक झडप भएको थियो । यतिबेला २० भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा कति चिनिया सैनिक मारिएका थिए भनेर आधिकारिक जानकारी हालसम्म प्रकाशित भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार