शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकामा गाउँघर चिकित्सक शिविर कार्यक्रम संचालन

त्रिवेणी नगरपालिकामा गाउँघर चिकित्सक शिविर कार्यक्रम संचालन

  • शुक्रबार, माघ ९, २०७७
त्रिवेणी नगरपालिकामा गाउँघर चिकित्सक शिविर कार्यक्रम संचालन

चक्र बहादुर अएडी — त्रिवेणी नगरपालिकामा दुई दिने गाउँघर चिकित्सक शिविर कार्यक्र संचालन शुत्रवार बाट त्रिवेणी नगरपालिका वडा नम्वर ४ टुडेगडामा संचालन भएको छ । शिविर प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वस्थ्य निर्देशनालय जिल्ला अस्पताल बाजुराको आयोजना मा दुई दिने गाउँघर चिकित्सक शिविर संचालन गरिएको छ ।
त्रिवेणी नगरपालिकाको सहयोग र समन्वयमा नगरपालिकामा रहेका फरक क्षेमता भएका र अन्य व्यक्तिलाई सेवा दिएको नगरपालिकाले जानकारि दिएको छ । नगर भित्रमा रहेका सामान्यरुपमा आर्थिक अभावले उपचार गर्न नसक्ने व्यक्तिहरुलाई मध्यनजर गरि शिविर संचालन गरिएको नगर प्रमुख रामसिंह रावले जानकारि दिनु भएको छ । नगरपालिकामा शिविर संचालन गरिएपछि सेवालिनेको भिड लागेको छ । शुक्रवार पहिलो दिनमा सेवालिनेमा जनरल व्यक्ति १२० जना र फरक क्षेमता भएका अर्थात अपांग असाय असक्त भएका व्यक्ति ८० जनाले सेवालिएको प्रमुख प्रशाकिय अधिकृत चिरन्जिवि प्रशाद शाहले बताउनु भएको छ ।

No description available.
शुक्रवार नगर प्रमुख रामसिंह रावलले जिल्ला अस्पताल बाजुराबाट गएको डक्टरहरुको टोलिलाई खादालगाई स्वागत गर्नु भएको छ । कार्यक्रम एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख रावलले व्यानर पढेर शिविरको उद्धघाटन गर्नु भएको छ । शिविर मा सम्पुण त्रिवेणी नगरपालिकाका १ देखि ९ सम्म वडाका व्यक्तिले सेवालिन पाउने सुचना अधिकृत नरेश राज पन्तले जानकारि दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार