बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • संसद विघटनको विरोधमा कांग्रेसले आज वडाहरुमा प्रदर्शन गर्दै

संसद विघटनको विरोधमा कांग्रेसले आज वडाहरुमा प्रदर्शन गर्दै

  • बिहिबार, माघ ८, २०७७
संसद विघटनको विरोधमा कांग्रेसले आज वडाहरुमा प्रदर्शन गर्दै
फाइल तस्बिर

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् । नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

चर्चामा

सम्बन्धित समाचार